आइतबार २१ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफूले असाध्यै दु:’ख भो’गेको बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष चुनिए पनि पदाधिकारी र कमिटीहरुलाई पूर्णता दिन स’क स खे’पिरहेका प्रचण्डले शनिबार नुवाकोटमा दिवं’गत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै त्यसको संकेत गरेका हुन्।

दुः’ख भो’गेको कुरा बाहिर ल्याउन उनले बोगटीको सहारा लिए। ‘उहाँ (बोगटी)को निध’नले नेतृत्वको हिसाबले मलाई ठूलो क्ष’ति भयो। उहाँ नहुँदा पार्टीभित्र असाध्यै दुः’ख भो’ग्ने दु’खी पात्र बन्न पुगेको छ। यस्तो अवस्थामा अपिल गर्न चाहन्छु, यो दु:’खको बेलामा पोस्टबहादुरजस्तै सहज, सरल ढंगले आपसमा अन्तर्क्रिया गरेर पार्टी एकताबद्ध बनाउन पहल गरौं,’ उनले भने।

उनले डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको पनि बताए। ‘डाक्टर र वैद्यको हा’लत अहिले के छ? डाक्टर र वैद्यले मलाई बेला-बेला सता’उँथे। तिनीहरुको सातो खाने पोस्टबहादुर नै थिए। उहाँको निध’नले आसा’धारण क्ष’ति भयो,’ उनले भने।

बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको समेत उनले बताए। ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो। सबैको सहयोग र सहमति जुटाउनसक्ने, सम्वाद गर्ने क्षमता उहाँमा थियो,’ उनले भने । राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण, सामाजिक रुपमान्तरण, आर्थिक समृद्धि, सुशासनको खाँचोमा बोगटीबाट सिक्ने धेरै कुरा रहेको उनको भनाइ थियो ।

यो पनि : एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भनेर सुरुदेखि भन्ने नै हामी हौँ :- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमे’रिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै पारित हुनु हुँदैन भनेर भन्ने पार्टी माओवादी नै भएको दा’बी गरेका छन् ।

शनिबार पोष्टबहादुर बोगटीको सालिक अनावरण गर्न नुवाकोट पुगेका उनले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने निर्णय आउँदा केहीलाई आक’स्मिक जस्तो लागेको टिप्प’णी गरे ।

“एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भनेर सुरुदेखि भन्ने पार्टी नै हामी हौँ,” उनले भने,“राजनीतिक घटनाक्रम बढ्दैगर्दा एउटा यस्तो परिस्थिति जस्ताको तस्तै नगर्ने व्याख्यात्मक घोषणासहित गर्न सकिने भन्ने एकैचोटी निर्णय आउँदा कतिपय साथीहरुलाई आक’स्मिकजस्तो लाग्यो । किनभने सडकमा आन्दो’लन पनि हामीले नै गरेका छौँ । सडकमा देखिएको आ’न्दोलन माओवादी केन्द्रकै कारण भएको थियो ।”

अध्यक्ष प्रचण्डले एमसीसीको बारेमा बहस चल्दै जाँदा त्यो बहस मनपर्ने बस्ने र मन नपर्ने जाने हुँदा त्यसलाई ठुलो मान्न नहुने पनि बताए । उनले भने,“एमसीसीको बारेमा बुझ्दै जाने हुन्छ । बहस चल्दै जाने हुन्छ । मनपर्ने बस्ने हुन्छ, मन नपर्ने जाने हुन्छ । यसलाई ठुलो ठान्न हुँदैन ।”

१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया