
काठमाडौँ / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमाजस्तै स्थानीय तहमा पनि भ्रष्टा’चार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टा’चारलाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
शुक्रबार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टा’चार देश विकासको मुख्य बा’धकको रुपमा रहेको र यो महा’रोगको रुपमा देखिएको बताए । भ्रष्टा’चारका कारणले गर्दा नै देशमा अहिले गरि’वी र बेरोजगारी बढेर गई देश नै संक’टमा परेको उनले बताए ।
कांग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग रहेको तर ठूला–ठूला भ्रष्टा’चारका का’ण्डमा तीन दलको मि’लेमतो र संरक्षण रहेको उल्लेख गर्दै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टा’चारको महा’रोग स्थानीय तहमा पनि व्या’प्त रहेकोमा चि’न्ता व्यक्त गरेका छन् ।
लिङ्देनले देशको विद्यमान सम’स्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमुल सुधार गर्नुपर्नेमा जोड दिए । राष्ट्रियता र जनजीविकाको सवालमा सरकार कम’जोर बनेको उल्लेख गर्दै लिङ्देनले पेट्रोलियम पदार्थ, खाद्य सामाग्री लगायत उपभोग्य वस्तुमा मूल्यवृद्धि भइ जनजीवन क’ष्टकर बनिरहँदा सरकार प्रभाव’हीन बनेको बताएका छन् ।
आमसभालाई पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्यहरु आनन्द अधिकारी, मीना शाही, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन लगायतले सम्बोधन गरेका थिए ।