बिहिबार ११ आश्विन २०८०

कैलाली/ कैलालीमा एमालेका दुई समूहबीच कु’टा’कु’ट भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश प्रमुखको ‘नेम प्लेट’ राख्ने क्रममा ओली समूह र माधव समूहका कार्यकर्ताबीच भएको वि’वा’द कु’टा’कु’टमा परिणत भएको हो ।

ओली समूहले पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरूले ‘नेम प्लेट’ तो’ड’फो’ड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कु’टा’कु’ट भएको हो ।

बुधबार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगेका थिए तर त्यहाँ उपस्थित प्रहरीले नेता थापालाई पार्टी कार्यालयभित्र छिर्न दिएन ।

प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दासम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताले ब्यानर राखेका थिए । थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेमप्लेट थियो । त्यही समयमा दुवै जनाको नेमप्लेट निकालियो ।

ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो । त्यसलगत्तै नेपाल समूहका कार्यकर्ताहरुले लेखराज भट्टको नेमप्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे ।

भीम रावल जिन्दावाद भन्दै नाराबाजी गरिरहेको अवस्थामा केपी ओली जिन्दावाद भन्दै ओली समूहका युवाहरूले नाराबाजी गरेका थिए । विवाद बढेपछि झ’ड’प’को स्थिति भएको थियो । झ’ड’प’पछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा त्यसअघि लगाइएको एमालेको ब्यानर हटाएर नयाँ ब्यानर लगाइएको थियो ।

ओली समूहका कार्यकर्ताले भीम रावलको नेमप्लेटसमेत तो’ड’फो’ड गरेका थिए ।

४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया