शुक्रबार २२ मंसिर २०८०

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रता पाएपछि अहिले सबै ठाउँमा छा’डापन पनि बढेको बताएका छन् । स्वतन्त्रताको नाममा नेपालमा पछिल्लो समयमा आएर बढी नै छा’डापन बढेको उनले बताए ।

आज (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै ओलीले भने, ‘स्वतन्त्रता पाएपछि अहिले हामी आवश्यकता भन्दा बढी अनिय’न्त्रित र छा’डा पनि भएका छौँ ।

अहिले समाज र देशमा स्वतन्त्रताको सही सदुपयोग गर्न नस’क्ने स्थिति देखिएको छ । आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छा’डापन बढेको छ । अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’

उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर निय’न्त्रित हुनु जरुरी रहेको पनि बताए । नेपालमा अहिलेसम्म कुनै पनि शा’सकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्वतन्त्रताको खासै लामो इतिहास पनि नरहेको बताएका छन् ।

इतिहासलाई हेर्दा राणाकालमा किताब लेखेकै भरमा जे’ल जानुपर्ने र लाइब्रेरी खोल्दा का’रबाही भो’ग्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै ओलीले भने, ‘२००७ सालपछि मात्र बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलाएको हो । तर २०४६ सालपछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग राम्रोसँग गर्न पाइयो ।’

प्रेस स्वतन्त्रता पनि मानव अधिकारकै एउटा विषय रहेको बताउँदै तर यसको सही ढंगले सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।

५२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया