
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तनसंगै पार्टीप्रति आकषर्ण देखिएको छ । कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष बनेपछि पार्टी प्रवेशको लहर नै चलेको छ ।
पछिल्लो समय देशको बिभिन्न ठाउँमा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत बिभिन्न राजनीतिक दल परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरुको लहर चलेको छ ।
राप्रपाको अध्यक्षमा विजयी भएसंगै राजेन्द्र लिङदेन पार्टी प्रवेश गराउने कार्यक्रममा व्यस्त छन् । पछिल्लो केहि महिनामा मात्र उनले हजारौंको संख्यामा पार्टी प्रवेश गराएका छन् ।
सामान्य त पार्टी प्रवेश गराउन जाने अथवा बोलाउने चलन छ तर राप्रपामा ठ्याकै उल्टो भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेको आफ्नै वडाका युवाहरु आफै राजेन्द्र लिङदेको निवासमा पुगेर पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका हुन् । – दैनिक न्यु’ज नेपाल बा’ट / तस्वीर : फा’ई ल ।
यो पनि :- राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेर जनतामाझ जान्छ – प्रवक्ता शाही : काठमाडौं, २७ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेर आगामी चुनावमा जनतामाझ जाने बताएका छन् ।
बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले जनताबाट सिधा प्रधानमन्त्री छान्ने व्यवस्था गर्नुपर्ने बताए ।
मुलुकको हितको लागि संसदबाट प्रधानमन्त्री नभई सीधै जनताबाट निर्वाचित हुने प्रबन्ध गर्नपर्नेमा उनले जोड दिए । देशलाई भ्रष्टा’चारमुक्त बनाउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नपर्ने उनको भनाई थियो । शाहीले नेपालमा अमे’रिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन हुन नसक्ने पनि जि’किर गरेका छन् ।