
काठमाडौं / स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र वि’वा द बढेको छ ।
कांग्रेसको संस्थापन पक्ष आगामी तीनै तहका निर्वाचनमा सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेल गर्नै नहुने पक्षमा छ । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा कसरी जाने भन्ने विषयमा भने बोलेको छैन ।
कांग्रेसभित्र १४औं महाधिवेशनपछि इतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाले कांग्रेस कसैलाई जिताउन स्थानीय तहको निर्वाचनमा तालमेल गर्न अघि सर्न नहुने बताउँदै आइरहेका छन् । उनकै आशयलाई कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले पनि साथ दिँदै आइरहेका छन् ।
तर, सभापति शेरबहादुर देउवाले भने तीनै तहको निर्वाचनमा सत्ताधारी दलबीच तालमेल हुने संकेत गरेका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले निर्वाचनमा गठबन्धनबीच तालमेल हुन्न भनेर कसैलाई नचि’ढ्याउन पार्टीका नेताकार्यकर्तालाई निर्देशन नै दिए । यो खबर आ’जको राजधानी दैनि’कमा छा’पिएको छ / तस्वीर : फा’ई ल ।
यो पनि :- कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ : नेता तुलाधर :काठमाडौं / नेकपा (एस) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाहेकको गठबन्धन पनि बन्न सक्ने बताएका छन् ।
विहीबार केन्द्रीय कमिटीको तेस्रो बैठकको बारेमा जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाहेकको गठबन्धन बन्न सक्ने बताएका हुन् । गठबन्धनमा सहभागी नबने नेपाली कांग्रेस आफैलाई घा’टा हुनसक्ने उनले बताए ।
नेता तुलाधरले भनेका छन्, ‘कांग्रेसले चाहेन भने उबाहेकको गठबन्धन बन्न पनि सक्छ । यसले कांग्रेसलाई घा’टा पनि हुन सक्छ । गठबन्धन पाँच दललाई नै आवश्यक छ । नेपाली कांग्रेसका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।’
त्यस्तै उनले स्थानीय तहको चुनाव मात्रै नभइ प्रदेश र सङ्घीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरूको भनाइ स’स्तो लोकप्रियताका लागि मात्रै भएको उनको भनाइ छ । त्यस्तै उनले नेपाली कांग्रेसका सभापति एवं शीर्ष नेताहरू गठबन्धनसहित आगामी चुनावमा जाने पक्षमा रहेको बताएका छन् ।