बुधबार २४ जेठ २०८०

संखुवासभा, २६ फागुन / संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घ’टनामा मृ’त्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घट’नामा मृ’त्यु हुने १० जना र घा’इते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृ’त्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

दुर्घ’टनामा मृ’त्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घ’टनामा परेको थियो ।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घ’टनामा परेको हो । बस सड’कबाट करिब ३०० मिटर तल ख’सेको प्र’हरीले जनाएको छ । बस ती’व्र गतिका कारण दुर्घ’टना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए ।

घा’इते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । दुर्घट’नामा घा’इते भएका पाँच जनाकै नेपाली से’नाको हेलिकप्टरमार्फत उ’द्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ ।

५१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया