
संखुवासभा, २६ फागुन / संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घट’नामा परेर घा’इतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ । १४ जनाको मृ’त्यु हुने गरी भएको दुर्घ’टनामा पाँच जना ग’म्भीर घा’इते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान से’नाको हेलि’कप्टर आइपुगेको हो ।
घा’इते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घट’नामा परेको थियो ।
बस मादी–६ को सातघुम्ती नजिकै दुर्घ’टनामा परेको हो । बस सड’कबाट करिब ३०० मिटर तल खसेको प्रह’रीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घ’टना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घ’टनामा मृ’त्यु हुने १४ जनामध्ये १० जनाको पहि’चान खुलेको छ ।
मृ’त्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
दुर्घ’टनामा मृ’त्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए । रिपो’र्टर्स नेपाल बा’ट ।