आइतबार २१ जेठ २०८०

काठमाडौं / महिना दिन नपुग्दै पटक पटक इन्धनको मूल्य वृद्धि भएपछि यसबारे छलफल गर्न बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बसेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बारम्बार यसरी भइरहेको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएपछि संसदीय समितिको बैठकले पेट्रोलियम पदार्थको खपत कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारलाई सुझाव र निर्देशन दिएको छ ।

बैठकले इन्धनको खपत घटाउनका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली तोक्नुपर्ने, विभिन्न पम्पबाट बिक्री वितरण गरिने इन्धनमा कोटा तोक्नुपर्ने लगायतका सुझाव तथा निर्देशन सरकारलाई दिएको छ । यस्तै, नेपालमा भारतीय सवारी साधनलाई इन्धन दिन बञ्चित गर्नुपर्ने पनि निर्देशन दिएको छ ।

हाल अन्तर्राष्ट्रिय रुपमा नै अस्वाभाविक रूपले बारम्बार भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक अर्बै रुपैयाँको सम्पति देशबाट बाहिरिएपछि त्यसलाई कम गर्नका लागि पेट्रोलियम पदार्थकाे खपत घटाउन यी उपायहरु समितिले अघि सारेको छ ।

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया