
एजेन्सी/ अमेरिकामा विभिन्न १३ देशका नागरिकहरुका लागि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।
अमेरिकी विदेश विभागले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवाको निर्णयपछि अब ती देशका नागरिकहरुले भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् ।
यसअघि डोनाल्ड ट्रम्प प्रशासनले ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशका नागरिकका लागि अमेरिकामा प्रतिबन्ध लगाउने घोषणाा गरेको थियो ।
जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो ।