
कैलाली/ कैलालीमा एमालेका दुई समूहबीच झ’डप भएको छ । पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए ।
उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।
नेमप्लेट हटाएपछि दुई समुहबिच एकआपसमा झ’डप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच केहिबेर कु’टा’कु’ट समेत भएको छ ।