शुक्रबार १९ जेठ २०८०

काठमाडौं, फागुन २४ गते / स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाका लागि ५० प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने मा’ग महिला नेत्रीहरूको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा महिला नेत्री तथा आयोग पदाधिकारीहरूले यस्तो आवाज उठाएका हुन् ।

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिइन् । स्थानीय तहको प्रमुख, अध्यक्ष र वडाध्यक्ष पदका लागि धेरै महिला सक्षम भइसकेकाले प्रमुख पदमा कम्तीमा ५० प्रतिशत स्थान महिलाका लागि सुरक्षित गर्नुपर्ने नेत्री भुसालको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख, अध्यक्ष र वडाध्यक्षमा ५० प्रतिशत उम्मेदवार बनाउनुपर्ने मा’गसहित काँग्रेसमा अभियान थालिएको उनले बताईन। निर्वाचन आयोगले दलहरूलाई कम्तीमा ५० प्रतिशत प्रमुख पदमा महिला हुनुपर्ने दबाब दिनुपर्ने उनको भनाइ छ । त्यस्तै, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दलहरूले महिलाको योग्यता र क्षमताका आधारमा अबको स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको जिम्मेवारी दिनुपर्नेमा जोड दिइन् ।

संविधानको सुन्दर पक्ष समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता हो । ७५३ पालिका (गाउँपालिका र नगरपालिका) मा २०७४ मा निर्वाचित कुल जनप्रतिनिधिमा महिला सहभागिता ४१ प्रतिशत छ  ।

प्रमुख पदाधिकारी (प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष)मा निर्वाचित एक हजार ५०६ जनामध्ये ७१८ महिला छन्, जुन कुल पदाधिकारी सङ्ख्याको ४७.६८ प्रतिशत हो । संविधानले राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख पदाधिकारी पदमा कम्तीमा एक महिला प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेका कारण यो सम्भव भएको हो । गोर’खापत्र दैनिक बा’ट ।

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया