शनिबार ३० आश्विन २०७८

काठमाडौं/ जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको घट’नामा सं’लग्न किशोरलाई जे’ल नपठाउने भएको छ ।

अदालतले घट’नामा सं’लग्न भएका किशोर दिनेश भट्टलाई नाबालक भएका कारण जे’ल नपठाएको हो । दिनेश भट्टलाई अदालतले बाल सुधार’गृहमा पठाउने आदेश दिएको छ । अनुसन्धानका क्रममा पनि उनलाई प्रहरी हिरा’सतमा नराखेर अदालतले बाल सुधार’गृहमा पठाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई डोटी स्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको छ ।

गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्टको ज्या न लि एको अभियोगमा प्रह’रीले फागुन ४ गते दिनेशलाई प क्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रि’सिबीका कारण घ’टना गराएको स्वीकार गरेका थिए।

त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५/५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् ।

यसअघि भागरथीको श’व जिल्ला अस्पतालमा परीक्षण गर्दा कर णी पछि ज्या न लि एको देखिएको थियो । भागरथीको भे’जाइ’नल स्वा’ब र दिनेशको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयो’गशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन ।

यस्तै प्रकृतिको घ’टना चार वर्ष अघि निर्मला पन्तको पनि भएको थियो । तर सो घट’नामा अहिले सम्म संलग्नलाई प’क्राउ गर्न प्रहरी सक्षम भएको छैन । यो घट’नामा पनि निर्मला पन्तको जस्तै अवस्था नहोस् भन्नेमा प्रहरी निकै चनाखो थियो ।

त्यसैले निकै सावधानीका साथ प्रहरीले घट’नाको अनुसन्धान सुरु गरेको थियो । भागरथी घट’नामा संलग्न दिनेश नाताले भागरथीको भाइ पर्ने हुन् ।

३५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया