आइतबार २१ जेठ २०८०

काठमाडौं / तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आ’गो अझै निय’न्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्र’णमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आ’गला’गीले नजिकका घरमा पनि क्ष’ति पु-याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आ’गो निभा’उने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आ’गो नियन्त्र’णमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलि’कप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहनुभएको छ ।

प्रह’रीका अनुसार अहिलेसम्म मानवीय क्ष’ति भने भएको छैन । प्रह’री नायब उपरीक्षक युवराज खड्काले आ’गो निभाउने प्रयास भइरहेको बताउनुभयो । “कति घरमा क्ष’ति भयो भन्न अहिले सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । आ’गला’गी नियन्त्र’णका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रह’री, सश’स्त्र प्रह’री र स्थानीयवासी लागिपरेका छन् । ई’ताजा खबर बा’ट ।

४६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया