
काठमाडौं, १९ फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हि’न्दू राष्ट्रको पुनःस्थापनाका लागि आ’न्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समिति समेत गठन गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हि’न्दू राष्ट्रको पुनःस्थापनाका लागि आ’न्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । आ’न्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हि’न्दू राष्ट्रको पुनःस्थापना, भ्र’ष्टाचार विरु’द्ध र जनजीविकाको सवालमा जनस’ङ्घर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आ’न्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’
यस्तै पार्टीको २ दिनसम्म निरन्तर चलेको सो बैठकले आइतबार संसदबाट पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा यसको अङ्ग नभएको भन्दै गठबन्धन सरकारको उक्त कार्यको पनि बि’रोध गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । शुरुवात देखि नै एमसीसीको विरो’धमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्व’जनिक गर्न लागेको हो ।
केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहिबार छलफल भएको छ । छलफल सकिने विक्तिकै एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बिहीबारको बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भएको थियो ।
बुधबारको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भा’वी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।