बिहिबार ११ आश्विन २०८०

विराटनगर/ मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्का’स्पद मृ’त्यु प्रकरणका मुख्य अभि’युक्त राजेश रणपहेलीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थु’नामा राख्ने आदेश दिएको छ ।

मङ्गलबार न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय रणपहेलीलाई थु’नामा राख्ने आदेश दिएको हो।

घट’नाका मुख्य योजनाकार मानिएका उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेलीलाई प्रहरीले शुक्रबार साँझ रुपन्देहीको बुटबल उपमहानगर–२ फूलबारीचोकबाट प’क्राउ गरेको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेश गरेको थियो । कर्तव्य ज्या’न मु’द्दामा थुनछेक बहस सकिएपछि थु’नामा राख्न अदालतले आदेश दिएको हो।

आफ्ना साथीहरू भाडामा बस्ने गरेको उर्लाबारी–६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शङ्का’स्पद मृ’त्यु भएको अवस्थामा गत पुस ५ गते श’व भेटिएको थियो।

अर्का प्रति’वादी झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेललाई मोटरसाइकल चो’री आरो’पमा इलाका प्रहरी कार्यालय दमकले प’क्राउ गरी अनुसन्धान गरिरहेको छ। उनी सप्तरीबाट प’क्राउ परेका हुन्।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले चो’री मु’द्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । चो’री मु’द्दाको अनुसन्धानपछि जिल्ला अदा’लत मोरङमा उपस्थित गराउने प्रहरी उपरीक्षक खड्काले बताए।

अन्य प्रतिवा’दीहरु रतुवामाई–१० घर भई उर्लाबारी–६ बस्ने मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र उर्लाबारी–९ का कुमार राईलाई प्रहरीले प’क्राउ गरी अदा’लतमा उपस्थित गराइसकेको छ।

उनीहरुमध्ये दर्जी र परियारलाई जिल्ला अदालतले पु’र्पक्षका लागि थु’नामा पठाइसकेको छ भने राईलाई तीन लाख र गिरीलाई एक लाख धरौ’टीमा छाडेको छ।

फि’तलो छानवीन गरेको भन्दै इन्स्पेक्टर उद्धव पोखरेल जिल्ला तानिएका छन् भने अनुसन्धानमा संलग्न अन्यलाई विभागीय कार’बाहीका लागि सिफारिश गरिएको छ।

४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया