
काठमाडौं, १८ फागुन / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देखेर आफूलाई दया लागेको बताएका छन् ।
हिजो रा’ति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डले देशको नेतृत्व गर्ने, जनताको जीवनस्तर उकास्ने र समाजवादतर्फ देशलाई अघि बढाउने परिकल्पना गरेको भएपनि अहिले हा’लत ख’राब रहेको बताए ।
उनले भने,”मलाई लाग्छ उहाँको जीवनमा धेरै ठूलो त’ना व होला, व्यक्तिगत रुपमा हामीलाई केही छैन नि, मान्छे त, अहिले पनि उहाँसँगको मेरो राम्रो सम्बन्ध छ । अस्ति भेट्दा पनि उहाँले अब एकता गरौं भन्नुभएको थियो ।
मैले अहिले एकताको सन्दर्भ नै छैन भनेको थिएँ । अहिले तीन बुँदे लागु गरेर हाम्रा साथीहरुलाई छोड्नुहोस । नेपाल सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।” भिडियो :