
काठमाडौं, फागुन १७ / आज हिन्दुहरूको एक प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।
भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व का’लरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दी’नदुःखी र क’ष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध ध’तु रो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवायू मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्वु कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भो’ग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।
फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्री पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ता’ण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वा’लाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा का’लरात्री भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धा’ङ्गिनी बनाउने शिव प्रे’त र पिशा’चहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ।
शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्ता रिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् । यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा रा’ती जागरण गर्दछन ।
शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्दछ । विशेषत शिवको जन्म भएको साँझलाई शिवरात्री मनाउने गरिएको हो । तर यसै दिन शिवको विवाह भएको रोचक प्रसङ् पनि यहीँ जोडिन्छ । त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ ।
वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्री शब्दले अज्ञान एवं अन्ध’कारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा अस’त्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र, स्त्री, पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने पनि गरिन्छ ।
महानगरीय ट्राफिक प्रहरीले आज महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतका लागि ट्राफिक व्यवस्थापन मिलाएको हो ।
महाशाखाले विभिन्न नाका हुँदै पशुपति मन्दिरभित्र प्रवेश गर्ने भक्तजनका लागि छुट्टाछुट्टै स्थानमा पार्किङकोसमेतको प्रबन्ध मिलाएको छ । टाढा–टाढाबाट पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भएकाले भक्तजनको सुविधाका लागि महाशाखाले उक्त व्यवस्था मिलाएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतोपुल, गौरी घाटबाट गौशालातर्फ जाने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ । पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनका लागि सिफलचौर, गुह्येश्वरीपारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलङ्गा करिडोरमा पर्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
भक्तजन तथा सवारी साधनको चाप हेरेर विभिन्न नाकाबाट आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोकसमेत लगाइने भएको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले तिनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगङ्गा क्षेत्र भई चल्ने मालबाहक सवारी साधन सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताए । महाशिबरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महाशाखाले ८०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ ।
महाशाखाले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दर्शनार्थी बाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्य स्थानमा जाने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ । रासस