
कञ्चनपुर/ शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) लाखौं रक’म लिएर फ’रार भएकी छन्।
साना किसान र नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था झलारीबाट विभिन्न व्यक्तिका नामबाट झण्डै ८० लाख रुपैयाँ रकम झिकेर उनी बेप’त्ता भएकी हुन्।
सहकारी र वित्तीय संस्थामा रकम बचत गर्दै आएका व्यक्तिका नाममा रहेको रकम समूह जमानीका आधारमा ऋणका रुपमा उनले झिकेकी वडाध्यक्ष हरीश विष्टले बताए।
विष्टका अनुसार वडा कार्यालयमा उत्तरा विष्टलगायत २७ जनाले खोजत’लास र रकम अ’सुल उ’पर गरिदिन लागि भन्दै संयुक्त निवेदन दिएका छन्। वडा कार्यालयका तर्फबाट नेपालीको खोजी तथा आवश्यक कार’बाही गरी रकम अ’सुल उ’पर गर्न प्रहरीमा पत्राचारसमेत गरिएको छ।
अध्यक्ष दमाईले साना किसान सहकारी संस्थाबाट आफनै नाममा एक लाख ५० हजार ऋणसमेत लिएकी सहकारीका प्रबन्धक माधवी गिरीले बताइन् । बन्साहास्थित घरमा ताला लगाएर कलावती लामो समयदेखि सम्प’र्कविहीन भएपछि पीडित स्थानीयले खोज’तलासका लागि वडा र प्रहरीलाई गु हारेका हुन्।