
काठमाडौं / सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र सभामुख जोगाउनका लागि अ मे’रि की सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को पक्षमा उभिन बा’ध्य भएको बताएका छन् ।
आइतबार माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई गठबन्धन नजो’गाए प्रतिपक्ष दल नेकपा एमाले हा’बी हुने र संविधान खत’रामा पर्ने भन्दै बा’ध्य भएर एमसीसीको पक्षमा उभिनुपरेको अध्यक्ष प्रचण्डले ब्रिफिङ दिए ।
अध्यक्ष प्रचण्डले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा आए माधव नेपालसहित १४ जनालाई का’रबाही गर्ने र सभामुखलाई पनि पदबाट हटा’उने बताए । त्यसैले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसीको पक्षमा उभिनुपर्ने अध्यक्ष प्रचण्डले सबैलाई आग्रह गरे ।
तर, माओवादीका आधा दर्जन नेताहरु भने एमसीसीको विपक्षमा उभिएर कुनै पनि अवस्थामा रा’ष्ट्रघाती एमसीसी पास गर्न नहु’ने अडा’नमा छन् । माओवादी प्रवक्ता नाराणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरालगायत नेताहरु एमसीसीको विप’क्षमा बोल्दै आएका छन् ।