
काठमाडौं, १५ फागुन / सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरो’धमा प्र’दर्शन च’र्किएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसी’विरोधी आ’न्दोलन चर्कि’एको हो ।
आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ । आजै बस्ने अर्को सेसनमा भने एमसीसी निर्णयार्थ पेश गरिने र पास गराउने सरकारको तयारी छ ।
यसको लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुले पार्टीबाट निर्णय गराएर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।यसअघिदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तना’वग्रस्त हुँदै आएको छ।
एमसीसी राष्ट्रको हितमा नभएको भन्दै उनीहरुले तत्काल एमसीसी खारेजीको मा’ग गरेका छन् । आज नयाँ बानेश्वर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परि’चालन गरिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज संसदमा छलफलसहित पास गर्ने सरकारको तयारी छ । तर एमसीसीको विरो’धमा संसद भवन रहेको बानेश्वर क्षेत्रमा प्रदर्शन च’र्किएको छ ।
विगतदेखि नै नेकपा माओवादी केन्द्रलगायतका केही दलले एमसीसीको विरो’ध गर्दै आएका थिए । तर हाल सत्ता गठबन्धनमा रहेको मुख्य घ’टक माओवादी केन्द्रको नेतृत्वले भने गठबन्धन जोगाउनकै लागि एमसीसी पारित गर्ने निर्णय अन्तिम समयमा आएर गरेको छ । सोही पार्टीका कार्यकर्ता, भातृसंगठन भने संसद भवन बाहिर एमसीसीको विरो’धमा उत्रिएका छन् । उनीहरू नेतृत्वले धाे’का दिएकाे भन्दै वि’राेध प्रद’र्शनमा उत्रिएका हुन् ।
माओवादीको युवा संगठन वाईसीएलले एमसीसी रा’ष्ट्रघाती भन्दै मुख तथा निधा’रमा का’लो पट्टी र ब्यानर तथा झ’ण्डा बोकेर च’र्को प्रद’र्शन गरिरहेका छन् । यसैगरी अन्य विभिन्न पार्टी तथा तिनका संगठन, पेशागत समूह तथा स्वतःस्फूर्त समूहरुले पनि बानेश्वरमा प्रद’र्शन जारी राखेका छन् ।
सत्ता गठबन्धनमै रहेकाे एकीकृत समाजवादी तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायत पूर्व माअाेवादीबाट विभाजित पार्टी/समूहरू र राप्रपा लगायत दलका कार्यकर्ताहरु विराे’धमा उत्रिएका छन् । प्रदर्शन नि’स्तेज पार्न भनी सरकारले ठूलो संख्यामा सुर’क्षाकर्मी समेत परिचालन गरिएकोले झड’पको स्थिति आउन सक्ने देखिन्छ ।