शुक्रबार १९ जेठ २०८०

काठमाडौं, १३ फागुन / सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महा’अभियोग लगाएर बर्खा’स्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने कांग्रेसले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र म’तभेद देखिएपछि सभामुख सापकोटामाथि महा’अभियोगको सम्भा’वना बढेको हो ।

का’रबाहीमा परेका आफ्ना १४ सांसदलाई पद’मुक्त नगरेर पदीय जिम्मे’वारी र आच’रणविपरीत काम गरेको भन्दै सभामुखलाई हटा’उनुपर्ने मा’ग गर्दै आएको एमालेले कांग्रेस र माओवादी केन्द्रसमक्ष सभामुखलाई महा’अभियोग लगाउन प्रस्ता’व गरेका छन् । एमालेको प्रस्तावमा कांग्रेस सहमत भए पनि माओवादीले अस’हमति जनाएको छ । कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेरेर निर्णयमा पुग्ने जवाफ एमालेलाई दिएको छ ।

बिहीबार कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले कार’बाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महा’अभियोग लगाउने प्रस्ताव गरेका थिए । तर, कांग्रेस सभामुख सापकोटालाई महा’अभियोग लगाउन तयार भएको छ ।

सापकोटाले एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्तावलाई ध्वनि मतको आधारमा वा मतदानमार्फत कुन बाटो लैजान्छन् भन्ने हेरेर महा’अभियोगको निर्णयमा पुग्ने कांग्रेसको तयारी छ । उसले ‘सभामुख सापकोटाको रवैया एक दुई दिन हेरौँ न’ भनेर एमालेलाई जवाफ दिएको छ । मतदानमा लगेर एमसीसी अस’फल बनाए सभामुख सापकोटालाई महा’अभियोग लगाउन कांग्रेस पनि तयार छ ।

सभामुख सापकाेटाले एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्तावलाई मतदानमा लैजाने बताएपछि बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । सैद्धान्तिक छलफल अनुमतिका लागि मतदानमा लगिएको नेपालको संसदीय इतिहासमा नरहेको र सभामुखले लैजान नहुने कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानबहादुर कार्कीले बताए । एमसीसीमाथिको सैद्धान्तिक छलफलको अनुमतिका लागि मतदानमा नलैजान सभामुख सापकोटालाई मन्त्री कार्कीले आग्रह गरेका छन् ।

कांग्रेससँग १४ जना सांसद हटा’उन वा सभामुखलाई महा’अभियोग लगाउन प्रस्ताव गरेको एमालेले माओवादीसँग पनि सोही प्रस्ता’व गरेको छ । बिहीबार संसद भवनमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा दुवै दलका अन्य नेता पनि सहभागी थिए । सो क्रममा अध्यक्ष ओलीले सभामुख सापकोटालाई महा’अभियोग लगाउनुपर्ने प्रस्ताव गरे । तर, अध्यक्ष प्रचण्डले अस्वीकार गरे ।

‘छलफलमा एमालेले सभामुख हटा’उनुपर्‍यो भनेर अ’डान लियो । तर, माओवादीले मानेन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्युज कारखानासँग भने । सभामुख हटाउन कांग्रेस र एमाले सहमत भए पनि माओवादीले असह’मति जनाएको छ । सम्भ’वत: आज बस्ने कार्यव्यवस्था परामर्श समितिकाे बैठकले एउटा निर्णय लिने बुझिएकाे छ । न्यु’ज कारखाना ।

५२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया