
काठमाडौ / एमसीसीमा कुरा नमिल्ने भएपछि ८ महिना अघि बनेको गठबन्धन सरकारवाट अब नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । अनौपचारीक रुपमा त्यो निष्कर्षमा पुगेको माओवादीले औपचारीक निर्णय लिन अहिले बैठक बसिरहेको छ । माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरुलाई आजै फिर्ता बोलाउने तयारी स्वरुप बैठक गरेको हो ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीबारे सत्ता नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग मत बाझिएपछि नेकपा माओवादी केन्द्र सरकारमा रहिरहन नैतिक संकटमा छ । यता एकिकृत समाजवादी भने एमसीसीमा बिचार नमिले पनि सरकारमा रहनुपर्छ भन्ने मनस्थितीमा छ । संसदमा एमसीसीका विपक्षमा मतदान गर्ने तर सरकार भने नछोड्ने मनस्थितीमा रहेको एकिकृत समाजवादीले पनि आज यसवारे निर्णय लिने छ ।
कैलालीमा कार्यक्रमका लागि पुगेका सो पार्टीका अध्यक्ष माधव कुमार नेपाल कार्यक्रम छोडेर काठमाडौ फर्किएका छन् । सरकारबाट कहिले बाहिरिने भन्ने विषयमा अहिले नेकपा माओवादी केन्द्रका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । विहानैदेखि भएको यो छलफलले आजै मन्त्रीहरुलाई सरकारबाट राजीनामा दिन लगाउने तयारी गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।
यसअघि बिहीबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज (शुक्रबार) नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका थिए । नेकपा माओवादी केन्द्रले यसअघि संसदीय दलको बैठकबाट एमसिसी संसदमा टेबल भएको खण्डमा सरकारमा नरहने र गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसी फेल गराउने रणनीतिका साथ योजना बनाएका छन् । उनीहरुले सरकारको प्रस्तावलाई फेल गराउने रणनीति बनाएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले एमसिसी पारित गर्न नेकपा एमालेसँग सहकार्यको प्रस्ताव गरेका छन् । आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौताबारे छलफल गर्ने कार्यसूची रहेको छ । ई’ताजा खबर बा’ट ।