आइतबार २१ जेठ २०८०

काठमाडाैँ / सत्ता सहयात्री दलकै सांसदहरूले अवरो’धबीच कार्यसूची बन्न नसक्ने अ’डा न लिएपछि एमसिसी संसदमा टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो प्रयास पनि अस’फल भएको छ ।

का’नुन, न्या’य तथा संसदीय मामि’लामन्त्री दिलेन्द्र बडूले शुक्रबार एमसिसी टेबुल गर्ने गरी कार्यसूची बनाउन कार्य व्यवस्था परामर्श समितिमा प्रस्ताव पनि लगेका थिए । तर, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसदले संसद्को अव’रोध खो’लेर मात्रै लैजानुपर्ने अ’डान लिएपछि एमसिसी कार्यसूचीमा परेन ।

प्रधानमन्त्रीका तर्फबाट मन्त्री बडूले कार्य व्यवस्था बैठकमा बुधबार पहिलोपटक एमसिसी संसद्को कार्यसूची बनाउन प्रस्ताव गरेका थिए । तर, माओवादी र एकीकृत समाजवादीले यसमा दलहरूबीच सहमति हुनुपर्ने तथा संसद् खोल्नुपर्ने मत राखेपछि कार्यसूची बन्न सकेको थिएन । यद्यपि, सत्तागठबन्धनका नेताहरू यसबारे सहमति जुटाउन लगातार संवादमा छन् ।

सभामुखको प्रश्न– बन्द सदनमा एमसिसी एजेन्डा बनाउनु कति लोकतान्त्रिक छ ?

संसद्मा अघि बढ्ने एजेन्डामा सहमति कायम गर्न म दलहरूलाई आग्रह गर्दछु । संविधान, का’नुन, नियमावलीअनुसार मैले भूमिका निर्वाह गर्ने हो । राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ भनेको हो ।

सदन अव’रुद्ध भइरहँदा ब’न्द संसदमा एजेन्डा टेबुल गर्ने कति जायज छ ? लोकतान्त्रिक अभ्यासलाई बढावा गरौँ भन्छौँ, तर बन्द सदनमा ए’जेन्डा अघि बढाउनु कति लोकतान्त्रिक हुन्छ ? त्यतातर्फ पनि सोचौँ ।

शुक्रबारको कार्य व्यवस्था बैठकमा सुरुमै बोलेका मन्त्री बडूले एमसिसी संसद्मा टेबुल गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेका थिए । ‘एमसिसीलाई सदनको विषय बनाउन सरकारको आग्रह छ । सरकार प्रस्ताव अघि बढाउन चाहन्छ, अब अघि बढाऊँ,’ उनको भनाइ थियो । मन्त्री बनेपछि कार्य व्यवस्था बैठकमा आउनै छाडेका तत्कालीन मुख्य सचेतक बालकृष्ण खाण पछिल्ला दुईवटै बैठकमा उपस्थित छन् । दुवै बैठकमा उनले पनि एमसिसी अघि बढाउन सभामुख सापकोटासँग आग्रह गरेका छन् ।

कांग्रेस सचेतक पुष्पा भुसालले एमसिसी टेबुल गर्न सभामुखसँग आग्रह गर्नुका साथै सदन अ’वरुद्ध गरेकोमा प्रतिपक्ष एमालेप्रति आ’क्रोश पो’खिन् । ‘आफ्नो सरकारको पालामा अघि बढाऊँ भन्ने, अहिले निर्णय गर्ने वेलामा चुप बस्ने ?’ उनले भनिन्, ‘प्रतिपक्षले जिम्मेवारी भुल्यो । गैरजिम्मेवार बन्यो । कार्य व्यवस्थामा समेत आउँदैन । सदन सुचारु हुनुपर्छ । सधैँभरि सदन बन्द गर्न सकिँदैन ।’

माओवादी मुख्य सचेतक देव गुरुङले अमे’रिकाको व्यवहारमाथि आ’पत्ति जनाए । गत २७ माघमा अमेरिकाले ठूला दलका नेतालाई फोन गरेरै एमसिसी पारित गर्न दिएको दबा’बमाथि उनले अस’न्तुष्टि राखेको बैठकमा उपस्थित एक सदस्यले बताए । ‘अमेरिकाले फोन गरेर ह’स्तक्षेप ग¥यो, हस्तक्षेपबारे साझा धारणा बनाऊँ । दलहरूबीच सहमति नगरी सदनमा एमसिसी टेबुल नगरौँ,’ उनले भने ।

एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले संसद् सहज ढंगले सञ्चालन नभई एमसिसी टेबुल गर्न नहुने धारणा राखे । संसद् सञ्चालन भए मात्र सांसदले धारणा राख्न पाउने भन्दै उनले यसलाई हतारमा अनुमो’दन गर्न नहुने बताए । ‘यसलाई व्यापक छलफल गर्नुपर्छ । नत्र यसले दु’र्घटना नि’म्त्याउँछ । अरू बिजनेसजस्तो सामान्य नठा’नौँ । छलफल नहुने स्थितिमा एमसिसी संसद्मा लैजान सकिँदैन ।’

जसपा सांसद प्रमोद साहले गठबन्धनमा सहमति नभई एमसिसी अघि बढ्दा घा’तक हुने धारणा राखे । गठबन्धनलाई मात्र नभएर, राष्ट्रलाई पनि घा’तक हुन सक्ने उनको दा’बी थियो । ‘संसद् सुचारु हुनुपर्‍यो । संसद्लाई प्रतिपक्षको भनिन्छ, तर उही विरो’धमा छ । एमालेले आफ्नो कुरा कार्य व्यवस्थामा आएर राख्नुपर्‍यो । तर, आउँदैन । एमसिसीभन्दा महत्वपूर्ण कुरा संसद्मा छन् । नागरिकता वि’धेयक महत्वपूर्ण छ, त्यसलाई अघि बढाऊँ ।’

लोसपा सांसद उमाशंकर अरगरियाले पनि संसद् सुचारु हुनुपर्ने विषयमा चासो देखाएका थिए । उनको भनाइ थियो, ‘तलब–भत्ता खान आएजस्तो भयो । कि सदन नै नचलाऊँ । आउने, ना’रा लाउने, जाने, यो प्रक्रिया राम्रो भएन,’ उनले भने ।

माओवादी सांसद रेखा शर्माले पनि अव’रोधबीच एमसिसी अघि बढ्न नसक्ने बताएकी थिइन् । ‘अव’रोधबीच एमसिसी टेबुल गर्नुहुँदैन । सरकारले एमसिसी सदनमा पेस गरेर त्यसका निम्ति वातावरण बनाउने होइन, वातावरण बनाएर पेस गर्नुपर्छ,’ उनको भनाइ थियो ।

संसद्को दशौँ अधिवेशनको सुरुवाती बैठकदेखि नै सरकारले एमसिसी टेबुल गर्ने प्रयास गरिरहेको छ । २८ मंसिरबाट सुरु भएको दशौँ अधिवेशनमा १२ पटक बैठक बोलाइएको छ । हरेकपटकको बैठकमा एमसिसी संसद्मा टेबुल हुने चर्चा चल्छ । तर, उक्त विषय कार्यसूची बन्दैन र प्रवेश पाउँदैन ।

त्यसैबीच शुक्रबारको संसद् बैठकमा पनि एमालेले अवरोध कायमै राख्यो । अव’रोधकै बीच आदिवासी–जनजाति आयोगको वार्षिक प्रति’वेदन पेस भएको छ । अर्को बैठक आइतबार बस्ने भएको छ । संसद् बैठकपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेका कारण एमसिसी सदनमा लैजाने व्यवस्था भयो भन्ने झु’टो रहेको दा’बी गरे । उनले एमसिसी संसद्मा बहस हुनु राम्रो हुने बताए ।

‘सम्झौताबारे जनमानसमा छलफल, बहस र विरोध भइरहेको छ । संसद्मा छलफल हुँदा त नराम्रो कुरा होइन नि ! छलफल वा राष्ट्रिय बहस सिर्जना गर्नका लागि वा सबैकोे सरोकारको विषय बनाउन खोज्ने कुरा नराम्रो होइन । सम्झौता गरिसकेको अवस्थामा संसद्मै ल्याउने व्यवस्था छ,’ उनले भने ।

एमसीसी अघि बढाउन सभामुखका तीन स’र्त :

काठमाडौँ । अमे’रिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा अघि बढाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने, संसद्‌मा एमालेले जारी राखेको अ’वरोध ह’ट्नुपर्ने लगायतका स’र्त अगाडि सारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे सरकारमा रहेका दलहरूसँग सत्तारुढ गठबन्धनको बैठक र संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेको अवस्थामा सभामुख सापकोटाले एमसीसी अगाडि बढाउनका लागि आफ्ना कुरा निकटस्थहरूलाई सुनाएका हुन् ।

सभामुखको सचिवालयकाअनुसार सभामुखले एमसीसी संसद् अवरुद्ध भइरहेको र राष्ट्रिय सहमति नभएको अवस्थामा अगाडि बढाउन आफूलाई गाह्रो पर्ने सुनाएका छन् । सभामुखको भनाई उल्लेख गर्दै उनीनिकट एक अधिकारीले भने, ‘एमसीसीबारे उहाँको धारणा प्रष्ट नै छ । उहाँले एमसीसी अगाडि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट उठेका प्रश्नको सम्बोधन गर्नुपर्ने र संसद्मा छलफलको वातावरण बन्नुपर्ने कुरा राख्नुभएको छ ।’

एमालेले संसद्मा अव’रोध जारी राखेको अवस्थामा कुनै पनि राष्ट्रिय महत्वका विषय अगाडि बढाउन आफूलाई असहज हुने कुरा सभामुखले आफू निकटहरूलाई बताएका हुन् ।

‘अहिलेसम्म संसद्मा गरेका काम कि संवैधाानिक व्यवस्थाअनुसार टेबुल गर्नुपर्छ भनेका कुराहरू हुन् कि सामान्य प्रतिवेदन मात्रै हुन्,’ सभामुखको भनाइ उल्लेख गर्दै ती अधिकारीले भने, ‘अलिकति जोड गरेर अगाडि बढाएको त बजेट मात्रै हो । बजेट त राष्ट्रकै आवश्यकताको कुरा थियो र अगाडि बढाएको हो । बजेट अगाडि नबढाएको भए राष्ट्र नै बर्बादीमा जान्थ्यो । त्यो बाहेक कुनै पनि एजेन्डा अगाडि बढाएको थिएन । राष्ट्रिय महत्वको विषय, दूरगामी महत्वको विषय त त्यसरी अगाडि जान मिल्दैन ।’

एमसीसीलाई लिएर जनतामा भ्र’म र अनेक आ’शंका उ’ब्जिएका छन् । ती विषयमा सभामुखलाई पनि विभिन्न माध्यमबाट जानकारी हुने गरेको ती अधिकारीले बताए । कतिपयले भेटेरै र कतिपयले सञ्चारका विभिन्न माध्यमबाट एमसीसीबारे उठेका प्रश्नको जवाफ नदिईकन पारित गर्ने प्रक्रियामा नलैजान द’बाब दिइरहेका छन् । सभामुखले जनतामा उब्जिएका प्रश्नको एमसीसी पास गर्न चाहने राजनीतिक दलहरूलाई प्रष्ट पार्न कुनै अस’हज नहुने बताएका हुन् ।

‘संसद् सुचारु हुनुपर्‍यो । प्रक्रियासम्मत ढंगले अगाडि बढ्नुपर्‍यो । छलफलको राम्रो वातावरण बन्नुपर्‍यो । जनताले उठाएका प्रश्नहरूलाई स्पष्ट पार्नुपर्‍यो । एमसीसी ठीक छ भने जनताले उठाएका प्रश्नको उत्तर दिन के गाह्रो भयो र ?,’ सभामुख सापकोटाले भनेका कुरा उल्लेख गर्दै उनको सचिवालयले भनेको छ ।

एमसीसीको विषयवस्तुमा आफूलाई केही भन्न आवश्यक नभएको सभामुखले बताउने गरेको उनको सचिवालयका अधिकारीले बताएका छन् । विषयवस्तु के गर्ने भन्ने कुरा राजनीतिक दल, सरकार र सांसदहरूको भएको उनको भनाइ रहेको बताइएको छ ।

सभामुखले पछिल्लो समय आफू निकटहरूलाई भन्ने गरेका छन्, ‘यति ठूलो विषयमा प्रमुख प्रतिपक्षले ना’रा लगाइरहने र मैले हुन्छ भने हुन्छ भन्नुस्, हुन्न भन्नेले हुन्न भन्नुस् भन्न त मिलेन ।’ एमसीसीमाथि उठेका प्रश्नको जवाफ स्पष्ट नपारी अगाडि बढाएमा आफूलाई पनि अप्ठ्यारो पार्ने सभामुख सापकोटाको बुझाइ छ ।

संसद्को ठूलो दल एमालेले नाराबाजी गरिरहने र त्यसैबीचमा राष्ट्रव्यापी विवादमा रहेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्न आफूलाई गाह्रो पर्ने सभामुखले बताएको उनको सचिवालयको भनाइ छ । ‘अवरुद्ध भएको बेला नै संसदमा एमसीसी अगाडि बढाउन सकिँदैन भन्नुभएको छ । मैले एमसीसी रो’क्ने होइन, प्रक्रियासम्मत ढंगले अगाडि बढ्छु भन्नुभएको छ । हो’हल्लाका बीच पास हुँदैन भन्नुभएको छ । त्यो गर्न खोजिरहेको भए पनि सकिँदैन,’ उनको सचिवालयका ती अधिकारीले भने ।

सभामुख सापकोटाले यसअघि नै संसद्मा छलफलको वातावरण बन्नुपर्ने बताएका थिए । संसद्को जारी अधिवेशन सुरु हुनुपूर्व उनले आफ्नो भूमिका अम्पायरको भएको र सोहीअनुसार प्रस्तुत हुने बताएका थिए ।

एमसिसी पास भए देश गृ’ह यु’द्धमा जान सक्छ : सिपी गजुरेल

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले एमसिसी पास भए देश गृ’ह यु’द्धमा जान सक्ने बताएका छन् । शुक्रबार एमसिसीको विप’क्षमा रहेका विभिन्न पार्टी तथा भ्रातृ संगठनहरूले काठमाडौंमा गरेको वि’रोध प्रद’र्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसिसी संसदबाट पास भए राष्ट्रिय यु’द्धको ख’त रा रहेको बताएका हुन् ।

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसिसी पास गराउने षड्य’न्त्रमा लागिरहेको आ’रोप लगाउँदै एमसिसी पास भएमा देशमा वि’कराल अवस्था सिर्जना हुने दा’बी गरे । अध्यक्ष गजुरेलले कतिपयले एमसिसीलाई ५० करोड डलरमा मात्रै सीमित गरिरहेको भन्दै यु’द्धलाई पैसाले रो’क्न नस’किने जि’किर गरे । उनले प्रधान’सेनापतिले पूर्वमा गएर देश विदे’शीको हातमा सु’म्पिए नेपाली से’ना चुप लागेर न’बस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य ह’स्तक्षेप भयो भने राष्ट्रिय यु’द्ध हुन सक्ने बताए ।

अध्यक्ष गजुरेलले अहिले देश ग’म्भीर मोडमा रहेको बताए । उनले अमे’रि की सरकारद्वारा प्रोयोजित रूपमा दिएको एमसिसी पास गर्न अमे’रिकाले द’बाब दिइरहेको समेत आ’रोप लगाए । अध्यक्ष गजुरेलले देशलाई सं’कटबाट ब’चाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौँ जनता, देशभक्त, क्रा’न्तिकारीहरू एमसिसी सम्झौ’ता खा’रेजीको पक्षमा रहेको दा’बी गरे ।

त्यस्तै उनले शा’सक वर्गहरूले कुनै पनि वेला रा’ष्ट्रघाती एमसिसी स”म्झौता पारित गर्न सक्ने शं”का व्यक्त गर्न सक्ने भएकोले अझै स’शक्त भएर आ’न्दोलन गर्न आ’ह्वान गरे । अध्यक्ष गजुरेलले एमसिसी पारित भए अमे’रिकी से’नालाई, अमे’रिकी सरकारलाई नेपालबाट ल’खेट्न गा’ह्रो हुने बताएका छन् ।

४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया