बुधबार २४ जेठ २०८०

सिमकोट, १० फागुन / हुम्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छा’ड्नुपरे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारीको अनुम’ति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छा’ड्दा आ’फूखुशी जाने र ग’यल समेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त नि’र्देशन दिएकी हुन् ।

हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ परियारले लिखित रूपमा कार्यालय प्रमुखले जिल्ला छा’ड्दा अनि’वार्य रूपमा प्रजिअको अनुम’ति लिनुपर्ने निर्णय गराएकी छिन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आ’फूखुसी जिल्ला छा’ड्ने, हाजिरीमा समेत धेरै ग’यल देखिएपछि यस्तो निर्णय गरिएको हो ।

जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अ’निवार्य रूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने आदि नि’यमहरू जा’री भएका छन् ।

त्यसैगरी कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिक रूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत नि’र्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला पुगेकी हुन् । – रासस

६५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया