शुक्रबार १९ जेठ २०८०

काठमाडौं / नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसद्मा जसरी पेश भयो त्यसरी नै अनुमोदन हुने बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सत्तारुढ गठबन्धन दलले संसद्मा जसरी एमसीसी पेश गर्न सहयोग गरे त्यसरी नै अनुमोदन गर्न पनि सजिलै सहयोग गर्ने उनले बताए ।

उनले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

आइतबारको प्रतिनिधि सभा बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा पे’श गरेका छन् । संसद्मा एमसीसी पेश गर्नुअघि बसेको गठबन्धनले एमसीसीबारे संसद्मा छलफल गर्नका लागि मात्र एमसीसी पेश गर्ने निर्णय गरेको थियो ।

गठबन्धनमा संलग्न नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) लगायत दलहरुले भने संसद्मा छलफलका लागि एमसीसी पेश भए पनि संशो’धन नभई पा’रित नहुने अडा’नमा छन् ।

२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया