
काठमाडौं / नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सत्ता गठबन्धनका नेताहरुले अनेक च’रित्र प्रर्दशन गरेको टि’प्पणी गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले सामाजिक सजालमा लेख्दै एमसीसी पास गरेरे छाड्छु भन्ने देउवासँग गठबन्धन गर्ने माधव नेपालको अनेक च’रित्र प्रस्तुत भइरहेको बताइएका छन् ।
‘एमसिसी छा’ती ठो’केर पास गर्छु भन्दै आएका देउबासंग सत्ता गठबन्धन गर्ने माधब–पुकदा, संसदा टेवुल गर्न सहमति दिने पनि उनै । सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चु’टाउने नि उनै । द’म न भो भन्ने पनि उनै । कम्फरटेवलको अर्थ त बल्ल बुझियो,’ बास्कोटाले भनेका छन् ।
सत्ता गठबन्धनको नेताहरुको अस’न्तुष्टिका बीच आईतबार एमसीसी संसदमा टेबुल भएको छ । एमसीसीको टेबुल गरेको बिरोधमा सत्ता पक्षकै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । जस क्रममा उनीहरुको नेपाल प्रहरीसँग झ’डपको स्थितीसम्म पुगेको थियो ।