बुधबार २४ जेठ २०८०

दिपेश केसी / नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले हालै एउटा शब्द सृजना गरे ‘लाल काँग्रेस’ । उनले नेपाली काँग्रेस प्रचण्डले भनेको सबै मानेर ‘लाल काँग्रेस’ बन्न नसक्ने बताउन पुगे । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देउवाको मिल्ने वातावरण विकास गर्न खटिदा यस्तो अभिव्यक्ति दिन पुगेका थिए ।

रिजाल कुनैबेला देउवाले बनाएको नेपाली काँग्रेस प्रजातान्त्रिकका प्रभावशाली नेता थिए । लामो समय देउवासँग काम गरे । त्यतिबेला देउवाको राजासँग सुमधुर स’म्बन्ध थियो । उनलाई ‘शाही काँग्रेस’ समेत भनिन्थ्यो । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सबैभन्दा बढी चुनौ’ती दरबारबाट सा’मना गरेका थिए । त्यतिबेला देउवा दरबारका प्रीय भएका थिए । पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले उनलाई असंवै’धानिक तरिकाले प्रधानमन्त्रीबाट ह’टाइदिए । पुनः नियुक्ति गरेपछि देउवा गोरखाली राजाले न्या’य गरेको भन्न पुगे ।

रोचक प्रसंग यो छ कि देउवालाई प्रधानमन्त्री हुन भाग्यले खूबै साथ दियो । उनी जब जब प्रधानमन्त्री भए तब काँग्रेसले भन्दा अन्य श’क्तिले फाइदा लिन सके । २०५२ सालमा माओवादी ज’नयुद्ध सुरु भयो । त्यतिबेला देउवा प्रधानमन्त्री थिए । उनले यसलाई हल्का रुपमा लिए । तर, माओवादी सश’स्त्र द्व’न्द्व भुसको आ’गो सरह फैलियो ।

देउवाको प्रधानमन्त्री कालमा इतिहासकै सबैभन्दा जम्बोमध्येको मन्त्रिमण्डल गठन भयो । नेपालको इतिहासमा संसदीय राजनीतिमा नकारात्मक घट’नाहरु विकास भए । जसका कारण जनतामा राजनीतिक दलका नेताहरुप्रति वितृ’ष्णा भयो । त्यसको लाभ हिं’सामा उत्रिएको माओवादीले लिन पुग्यो ।

२०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा माओवादी ज’नयुद्ध उचाईमा पुगेको थियो । माओवादी श’क्ति सञ्चयका लागि रणनी’तिक वार्तामा आयो । तर, त्यो मात्र ना’टक थियो भन्ने घट’नाक्रमले पुष्टि भयो । माओवादी वार्ता भं’ग गरी से’नाको ब्या’रेकमा आ’क्रमण गर्न पुगे । श’क्ति श’ञ्चय गरिसकेका थिए । प्रभावशाली नेताहरुलाई जे’लबाट छु’टाइसकेका थिए । उनीहरुले से’नामाथि आ’क्रमण गरेर थप ह’तियार सञ्चय गरे ।

२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट बर्खा’स्त गरे । उनले स’त्ता हातमा लिए । पछि पुनः सत्तामा फर्काए । देउवाले गोरखाली राजाले न्या’य गरेको भन्दै खुशी व्यक्त गरे । देउवालाई सत्तामा ल्याउने र झा’र्ने गरेर तत्कालीन राजा ज्ञानेन्द्रले सत्ताको भरपूर अभ्यास गरे । दरबारको शक्ति बढाइरहे । उता माओवादीले पनि श’क्ति बढाउने मौका पाइरह्यो ।

२०६१ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी झन् बलियो भयो । माओवादी ज’नयुद्ध उत्क’र्षमा पुग्यो । उनलाई ज्ञानेन्द्र शाहले पुनः हटाई प्रत्यक्ष शासन गरे । राजा मन्त्रिपरिषदको अध्यक्ष बनेर प्रधानमन्त्रीले गर्ने काम गर्न थाले । त्यसपछि देउवा लामो समय सत्तामा पुग्न सकेनन् ।

२०७४ सालमा देउवा प्रधानमन्त्री बन्न सफल भए । उनलाई प्रधानमन्त्री बनाउन प्रचण्डले भूमिका खेले । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा प्रचण्डको गु’म्न लागेको श’क्ति फर्काउने उत्कृष्ट अ’स्त्र बनिदिए । स्थानीय निकायको निर्वाचनमा प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा जिताउन देउवाले ठूलै कसरत गरे । आफै प्रचारमा जाने देखि काँग्रेसका आधिकारिक उम्मेदवारलाई पछि ह’टाए ।

देउवा प्रधानमन्त्रीका रुपमा रहेर आमनिर्वाचन गराए । तर, उनी प्रधानमन्त्री हुँदा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हातेमालो गरे । राजनीतिमा सबै स’म्भावना हुने तथ्यलाई ओली र प्रचण्डले पुष्टि गरिदिए । कम्युनिस्टका मुख्य श’क्तिहरु गठबन्धन बनाएर चुनाव ल’डे । भारी बहुमत ल्याए । विगतको जनमोर्चा नेपालकै हालतमा पुगिसकेको माओवादीले ऊ’र्जा पायो । देउवाकाल प्रचण्ड र उनको पार्टी माओवादीका लागि सञ्जीवनी बुटी नै बन्यो । पछि एमाले र माओवादी एक भएर नेकपा नै बन्यो ।

ओलीसँगको टक’रावले प्रचण्ड अप्ठ्या’रोमा परे । तत्कालीन नेकपाका तीन पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमै पुगे । उनीहरु मिल्दा समेत ओलीसँग जु’ध्न सकेनन् । त्यसपछि प्रचण्डले देउवालाई मनाउन थाले । पटक पटक धो’का दिएको भन्दै देउवा मिल्न मानेनन् । अन्तमा प्रधानमन्त्री बन्ने मौका देखेर देउवा अगाडि बढे ।

देउवालाई आफूले प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले सार्वजनिक रुपमा भन्न थाले । देउवाले पनि प्रचण्डकै कारण संविधानसभा भई देशमा ठूलो परिवर्तन आएको माओवादीको महाधिवेशनस्थलमै बोले । प्रचण्डलाई अहिलेको परिवर्तनको नायक जसरी प्रस्तुत गरे ।

२०७८ सालको वर्ष देउवाका लागि भाग्यशाली बन्यो । प्रधानमन्त्री भएर काँग्रेस सभापतिमा पनि जित्न सके । तर, अहिले उनका सामु चुनौ’तीको पहाड ते’र्सिएको छ । यसबीच उनले प्रचण्डका एकपछि अर्को मा’ग पूरा गर्नुपर्ने वाध्य’ताहरु आइलागेको छ ।

एमसीसी अगाडि बढाउने क्रममा देउवाले आफ्ना पार्टीका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महा’भियोगको प्रस्ताव द’र्ता गराउन भूमिका खेले । प्रचण्ड यही चाहहन्थे । माओवादीले १ फागुनमा ज’नयुद्ध दिवस मनाइरहँदा विहानै महा’भियोग द’र्ता भएको थियो । यसलाई प्रचण्डले आफ्नो एउटा राजनीतिक जीतका रुपमा प्रस्तुत गर्न खोजे ।

प्रचण्ड चोलेन्द्रलाई ह’टाएर संवैधानिक निकायका नियुक्तिहरु खा’रेज गर्ने उद्देश्य पूरा गर्न चाहन्छन् । जसमा देउवा सहयोगी बनेका छन् । एमसीसीलाई बार्गेनिङको अ’स्त्र बनाएर प्रचण्डले धेरै राजनीतिक लाभ लिइसकेका छन् । अर्कोतर्फ चुनाव सार्ने उनको प्रयास चलिरहेको छ ।

देउवाको प्रधानमन्त्रीकालमा प्रचण्डले सत्तामा लाभ लिइरहँदा जनमत पक्षमा पार्ने गतिविधि साथ साथै गरिरहेका छन् । यसमा उनी सफल पनि हुँदै गएका छन् । पूर्वमाओवादी एक बनाउने रणनीति पनि बढाएका छन् । उनले सार्वजनिक रुपमै पूर्वमाओवादी एक ठाउँमा आउने बताइरहेका छन् । अर्कोतर्फ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरि मिल्ने प्रयास चलाइरहेका छन् । देउवाले महाभियोगको ‘सु’साइड गोल’ गरिसकेका छन् । अब एमसीसी फे’ल गराएर प्रचण्डले राजनीतिक जीत देखाउन खोज्दैछन् । एमसीसी फे’ल बनाएर कम्युनिस्ट श’क्ति एकताको बिन्दु तयार गर्ने प्रयास भइरहेको छ । यसमा प्रचण्डले देउवाबाट अर्को लाभ देखिरहेका छन् ।

देउवा प्रधानमन्त्री हुँदा उनले एकपछि अर्को राजनीतिक लाभ लिदै आएका छन् । २०५२ यताको यो लाभ निरन्तर चलिरहेको छ । देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा भएको महाकाली स’न्धीविरुद्ध तत्कालीन माओवादीले मुद्दा नै बनाएर दूर दराजका गाउँहरुमा प्रभाव बढाउन सकेको थियो । यसरी नै एमसीसी’विरुद्ध लागेर उसले प्रभाव बढाउन खोजिरहेको छ । काँग्रेसलाई लाल काँग्रेसमा रुपान्तरण गर्दै देउवाकालमा शक्ति सञ्चय गर्दै प्रचण्ड चुनावी सफलताको दा’उमा छन् । उनी रणनीतिक रुपमा सफल हुँदै गएका छन् । यसमा देउवा उनका लागि भाग्यशाली ठहरिएका छन् ।

देउवाकालमा प्रचण्डले लिएका फाइदाहरु :

-२०५२ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी ‘ज’नयुद्ध’ सुरु
-२०५८ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी ‘ज’नयुद्ध’ उचाईमा । माओवादी शक्ति सञ्चय गर्न रणनीतिक रुपमा शान्ति वार्तामा आएको । शक्ति सञ्चय गगरेपछि वार्ता भंग गरी सैनिक ब्यारेकमा आ’क्रमण । माओवादी थप हति’यारले सुसज्जित
-२०५९ मा देउवालाई प्रधानमन्त्रीबाट हटाई तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट सत्ता -क’ब्जा । माओवादी झन् श’क्तिशाली । दलहरु सडकमा
-२०६१ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी झन् बलियो बनेको । पछि ज्ञानेन्द्र शाहले पुनः हटाई प्रत्यक्ष शासन गरेको । माओवादीलाई फेरि मलजल । माओवादी ‘ज’नयुद्ध’ उत्कर्षमा

-२०७४ को स्थानीय चुनावमा भरतपुरमा रेनु दाहाललाई जिताउन देउवाको भूमिका । माओवादीलाई धेरै स्थानीय निकायमा जित्ने मौका मिलेको
२०७४ को आमनिर्वाचन अघि देउवा प्रधानमन्त्री हुँदा ओली र प्रचण्डको मिलन । कम्युनिस्ट पार्टीलाई इतिहासमै पहिलोपटक भारी बहुमत । प्रचण्डको गु’म्दै गरेको श’क्ति फर्किएको
-२०७८ मा प्रचण्डकै रणनीतिमा देउवा प्रधानमन्त्री नियुक्त । प्रचण्ड झन् झन् श’क्तिशाली । अहिले देउवा प्रधानमन्त्री हुँदा कम्युनिस्ट श’क्ति एकताको बाटोमा ।
निष्कर्ष: २०७९ को चुनाव अघि ओली र प्रचण्ड मिलेमा आश्चर्य नमान्दा हुने । रिपो’र्टर्स नेपाल बा’ट ।

१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया