शुक्रबार १९ जेठ २०८०

काठमाडौं, फागुन ७ / पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन् ।

प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’ उनले भनेका छन्, ‘त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरूले ओढाइ दिएको आसमानमुनि छि’रेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भो’क, रो’ग र शो’कमा राख्नु प्रजातन्त्र होइन ।’

उनका अनुसार आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लो’भ, प्र’लोभनमा पर्नु पनि प्रजातन्त्र होइन । ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतःस्फूर्त एवं लोकसम्मत हुन्छ र हु्नुपर्दछ,’ उनको वक्तव्यमा छ, ‘अलम’लिएको सरकार, भ’त्किएको संसद्, बि’ग्रिएको न्या’यालय, भाँ’डिएको निर्वाचन प्रणाली र वि’भाजित समाजको च’क्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न छ।’

राष्ट्रियताबिनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो हुने बताउँदै उनको वक्तव्यमा लेखिएको छ, ‘न त्यो कसैको सुरक्षा कवच, न त्यो कसैको न्या’यको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैं एक रहिआएका छन्, रहिरहनेछन्।’

उनले अगाडि लेखेका छन्, ‘प्रजातन्त्रका नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संक’टापन्न अवस्थामा पुर्‍याएको र जनतालाई अहिले निरा’शाको द’हमा डु’बाउँदै लगेको महसुस हुँदै आएको छ । नाग’रिक दैनिक बा’ट । तस्वीर : फा’ई ल ।

४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया