
एजेन्सी/ ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको एक डुङ्गा दुर्घ’टनामा कम्तीमा १४ आप्रबासीको मृ’त्यु भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले एएफपीलाई बताएको छ ।
अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तु’लन गुमाई डु’बेका कारण कम्तीमा १४ जनाको मृ’त्यु भएको र १३९ जना घा’इते भएका र ती सबै आप्रबासी भएको ट्यूनिसियाली सुरक्षा अधिकारीले पुष्टि गरे ।
गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गाले सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरि’बी र द्वन्द्व’का कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शर’णार्थीहरू रहेका थिए ।
सुरक्षा निकायले घाइ’तेहरुको उद्धार गर्न तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्या’न जोगाउन सफल भएको उहाँले बताउनुभयो ।