बुधबार २४ जेठ २०८०

काठमाडौँ / गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई ख’टाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो । परियार दलि’त समु’दायबाट सीडीओ बन्ने पहिलो महिला हुन् । दलि’त समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् ।

कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ । भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको रुपमा समेत अनुभव संगालेकी छिन् ।

यसबीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् । उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।

नुवाकोट, धनकुटा लगायत जिल्लाका सिडिओको सरुवा :

चुनावको मुखमा गृह मन्त्रालयले धमाधम सिडिओ सरुवा गर्न थालेको छ । बिहीबार पाँच जिल्लाका सिडिओको सरुवा गरिएको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।

धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटका सहसचिव नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पश्चिममा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रुपमा पठाइएको छ । कतिपय सिडिओलाई ८ महिनामै समेत सरुवा गरिएको छ ।

४०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया