बुधबार २४ जेठ २०८०

काठमाडौं, ६ फागुन / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तो’डेर आउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा सहमति नजुटेपछि हिँजो बिहिबार राति प्रधानमन्त्री देउवा एमालेको साथ खोज्नेगरि अध्यक्ष अ‍ोली निवास बालकोट पुगेका थिए ।

करिब डेढ घण्टा भएको छलफलमा एमसीसीलाई लिएर नै दुई नेताबीच ग’म्भीर छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई ओलीले पाँच दलीय गठबन्धन तो’डेर आउन प्रस्ताव राखेका थिए । ओलीले एमसीसी साँच्चिकै पारित गर्न चाहेको हो भने पहिले गठबन्धन तो’डेर आउनुहोस भनेका थिए ।

भेटवार्ताको क्रममा देउवाले पाँच दलीय गठबन्धन तो’ड्न पनि नचाहेको संकेत गरेपछि ओलीले यस्तो शर्त राखेका थिए । प्रधानमन्त्री देउवाले आज बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने भनिसकेका छन् । तर, गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने सदनको अव’रोध नह’टाई एमसीसी सदनमा टेबुल गर्न नहुने अ’डान राखेका छन् ।

उनीहरुले एमसीसीको लागि अझै छलफल आवश्यक रहेको बताएका थिए । बरु, कांग्रेस महामन्त्री गगनकुमार थापाले ५ दलीय गठबन्धनको बैठकमा एमसीसीबारे संकल्प प्रस्ताव पास गरेर अघि बढ्न सकिने नयाँ प्रस्ताव राखेका थिए । एमसीसीलाई लिएर अमेरिकाले दायाँबायाँ गर्न खोज्यो भने तुरुन्तै नेपालले एकतर्फी रुपमा खारेज गर्नेगरि संकल्प प्रस्ताव पारित गराउनुपर्ने थापाको प्रस्ताव थियो । तर, थापाको प्रस्तावमा दाहाल सकारात्मक देखिएनन् ।

गठबन्धनको बैठक आज विहान १० बजे पनि बस्ने भनिएको छ । देउवाले आजको बैठकमा अझै एमसीसी पारित गराउने सहमति कायम गर्ने प्रयास गर्ने बुझिएको छ । प्रतिनिधिसभाको बैठक भने आज (शुक्रबार) दिउँसो १ बजेको लागि बोलाईएको छ । आजको प्रतिनिधिसभाको बैठकको स’म्भावित कार्यक्रममा भने एमसीसी परेको छैन ।

३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया