शुक्रबार १९ जेठ २०८०

काठमाडौं, ५ फागुन / सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा पनि एमसीसीबारे कुनै सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी सदनबाट पारित गर्नेगरि आ’क्रामक रुपमा लागेका छन् ।

उनले गठबन्धनका शीर्ष नेताहरुलाई पनि एमसीसी पारित गर्न सहयोग नगरे एमालेसँग मिलेर अघि बढ्ने र गठबन्धन पनि तो’डिने चे’तावनी दिँदै आएका छन् । आजमात्रै उनले ओलीसँग भेटवार्ता गर्न आफ्नो दूतको रुपमा डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए ।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अ’डानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन् ।

अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ । उक्त भेटमा प्रधानमन्त्री देउवा पत्नी डा. आरजु रााणा पनि सहभागी छिन् ।

७६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया