बिहिबार १८ जेठ २०८०

मान्छेहरूको ह’ल्लाको पछि लाग्ने बानी छ । मैले बि’रामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ । बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन ।

के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर भन्नासाथ चिनी, भात र आलु खान नहुने रोग होइन। हामीले खाएका खानेकुरा पेटमा गएर बन्ने चिनी नै हो। रग’तमा चिनीको मात्रा बढी हुनु भनेको चिनी बढी उत्पादन भएको होइन।

खाएको खानेकुरा खेर गएको हो । डाइभिटिज थाइराइड उपचार केन्द्र कुपण्डोलमा कार्यरत मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँग सुगर रो’गबारे सेतोपाटीले भिडिओ कुराकानी गरेको छ ।

यो कुराकानीका मुख्य बुँदा यसप्रकार छन् :

– प्राकृतिक खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ।- सामान्य बुझ्नु पर्ने के हो भने हामीले केही पनि बढी खान भएन। बिरामीहरू मैले चिनी, चामल खाएको छैन । उसिनेको चामल खान्छु भन्नुहुन्छ तर जतिसुकै सुगर प्रेसर बढे पनि र’क्सी खान छोड्नु हुन्न।

– हामी गलत कुराको पछि लाग्छौं। कुनै पनि खानेकुरा एकै पटकमा धेरै खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने।- हाम्रो देशमा सुगरफ्री चामल, दाल, जुस, मिठाइ र सेलरोटी पाइन्छ। यस्तो किन जरूरी भयो र ? एक दिनमा सय ग्राम फलफूल खाँदा केही हुँदैन।

– सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन। सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं। त्यो भ्रम हो।- एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न । होटलमा भस्म खाने, चिल्लो खाने, र’क्सी पि’उने तर सामान्य दालभात किन नखाने? सुगरका बिरामी आत्तिन जरूरी छैन। सुगर समाजका हरेक वर्गलाई छ। व्यायाम सबैले गर्न जरूरी छ।

– आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन् । सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन।- मान्छे अ’ल्छी भयो भने सुगर हुन्छ। सुगर चिनी खाएर लाग्ने रोग होइन। आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ।

– तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ। अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन। नमस्ते नेपाल बा’ट । सुगर रोगबारे मधुमेह रोग विशेषज्ञ डाक्टर रूपक भारीसँग गरिएको भिडिओ कुराकानीको पूर्ण अंश :

६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया