
काठमाडौं / रा’ष्ट्रघाती एमसीसी स’म्झौतालाई अनुमोदनका लागि देउवा सरकारले संसदमा टेबल गर्ने तयारी थालेपछि खा’रेजीका लागि संघ’र्षरत नेकपासहित ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले फाल्गुन ४ गते बुधबार नेपाल ब’न्दको आव्हान गरेका छन् ।
यसअघि घो’षित जु’लुस र वि’रोधसभाको कार्यक्रमलाई नेपाल ब’न्दको कार्यक्रममा ब’दल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ । नेकपा, नेकपा (क्रा’न्तिकारी माओवादी), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले घो’षित कार्यक्रमलाई नेपाल ब’न्दको कार्यक्रममा बदल्न जो’ड गरेपछि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने पछि ह’टेको स्रोतले जनायो ।
ब’न्दको आ’व्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल ब’न्द सश’क्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई नि’र्देशनसहित स’र्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रा’न्तिकारी क’म्युनिस्टहरु, देशभक्त श’क्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।
रुपन्देहीमा ६ दलको बैठक, ब’न्दलाई प्रभावकारी बनाउने निर्णय रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले ब’न्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ ।
६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल ब’न्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अ’पील गरेको छ ।
ब’न्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । ब’न्दको क्रममा अत्या’वश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।