बुधबार २४ जेठ २०८०

काठमाडौं / अहिले भाइरल बनेको भिडियो छ, बहालवाला पर्यटन मन्त्री प्रेम आलेले बोलेको अ’पशब्द । अछाम घर भई भारतको मुम्बइमा रहेका जगत ओली नामका युवकसँग कुराकानीको क्रममा मन्त्री आले त’थानाम गा’ली गर्छन् । त्यत्तिमात्र होइन ठाउँको ठाउँ त्यहीँबाटै उठाउनेसम्म मन्त्री आलेले ध’म्की दिन्छन् । सार्वजनिक भएको २ मिनेट २५ सेकेन्डको भिडियोमा मन्त्री आले युवकलाई गा’ली ग’लौज र ध’म्की दिएको सुनिन्छ ।

मन्त्री आले : ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो ?’

ओली : ‘हैन हजुर,हामीले पनि यस्तो आश गरेका थिएनौँ, के गर्नु ?’

मन्त्री आले : ‘कस्तो आश ?’

ओली : ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के ?’

त्यसपछि मन्त्री आले ए’क्कासी आ’क्रोशमा आउँछन् र युवकलाई गा’लीगलौँज गर्छन् । ‘कुन ठाउँमा छस् भन त ?’ भन्दै मन्त्री जँ’गिदा युवक भन्छन्, ‘आउन त आउ म मुम्बइ छु ।’ मन्त्री आले गा’लीगलौँज गर्न छा’ड्दैनन् र धा’राप्रवाह गा’लीगलौँजमा उत्रिन्छन् ।

भिडियो हेर्दा स्वभाविक रुपमा मन्त्री आलेको ग’ल्ती देखिन्छ किनकि राज्यको उच्च ओहोदामा बसेर यसरी गाली गर्न सुहाउने कुरा होइन । जे घ’टना वा विषय हो त्यसमा सं’यमता अपनाएर प्रश्न गर्ने ठाउँमा उनी कुनै गु’ण्डा ना’इकेसरी उत्रिएका छन् ।

यो त भयो मन्त्री आलेको दु’र्बल पाटो । अब लागौँ फेसबुकमा भिडियो अपलोड गरेर भाइरल भएका युवक जगत ओलीतिर । उनको सामाजिक सञ्जाल फेसबुक चहार्दा उनी विगतदेखि विभिन्न मन्त्री, नेताह’रुविरूद्द आ’क्रमक रुपमा उ’त्रेर अनेकथरी लेख्ने गर्दै आएका छन् ।

युवकको फेसबुक राम्रोसँग चि’याउँदा उनी नेकपा एमालेनिकट भन्ने प्रष्टै बुझिन्छ । एमालेलाई गा’ली गरेको पट’क्कै सुन्न नस’क्ने र विरो’धमा उत्रिइहाल्ने उनको फेसबुक हेर्दा सजिलै थाहा पाइन्छ । यसरी उनको फेसबुके क्रियाकलाप हेर्दा नियतबश नै मन्त्री आलेलाई पनि खु’इल्याउन उनले ह’र्कत गरेका हुन् भन्ने प्रष्टिन्छ ।

मन्त्री आले र युवकको उक्त भिडियोसँगै थप सामग्रीहरु पनि सार्वजनिक भएका छन् । युवकले मन्त्री आलेसँग एक वर्षसम्म ५० लाख कुरेको तर, रकम उपलब्ध नभएपछि समाचार अपलोड गर्न बा’ध्य भएको भनेका छन् ।

सार्वजनिक भएको म्यासेजको स्क्रिनसट हेर्दा युवकले आफू जगत ओली भएको बताउँदै २४ घ’न्टाभित्र ५० लाख रकम मा’ग आफ्नो बैंक खातामा पठाउन अ’ल्टिमेटम दिएका छन् ।

युवकले भनेका छन्, ‘इफ यु अक्सेप्ट माई डिमान्ड वी डिलिट योर भ्वाइस विदिन ट्वेन्टीफोर आवर्स,सेन्ड फिप्टी लाख । आई एम जगत ओली एन्ड रिप्लाइ मि सुन ।’

तर, मन्त्री आलेबाट कुनै जवाफ नआएपछि ५० को सट्टा २० लाख नगद मा’गेका छन् । युवकले लेखेका छन्, ‘सेन्ड मि २० लाख सुन यु सो सेल्फिस एण्ड रिप्लाइ मि ।’

यी सबै हेर्दा, भारतमा बसेर मन्त्री आलेसँग ब्ल्या’कमेलिङ गरेर नस’केपछि युवकले अन्तमा उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको देखिन्छ ।

मन्त्री आलेसँगै युवकको पनि असली रुपमा मिडियामा आएपछि युवकले मिडिया र मन्त्री आलेवि’रुद्ध मा’नहानीको मु’द्धा लगाउने चु’नौती दिएका छन् ।

उनले लेखेका छन्, ‘यस्लाइ प्रमा’णित गर्न चुनौ’ती दिन्छु यदि भएन भने एभिन्युज र प्रेम आलेलाई मा’नहानीको मु’द्दा लगाउने छु प्र’माणित भए जुनसुकै स’जाय भो’ग्न तयार छु ।’ न्यु’ज 24 नेपाल बा’ट ।

३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया