
काठमाडौं / सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।
सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ।
सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।
सर्वदलीय बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सदनबाट एमसिसी अघि बढाउनुपर्ने तर्क गरेका थिए। सदनमा लगेपछि सांसदले आ–आफ्नो धारणा राख्ने र त्यसलाई निर्णायक प्रक्रियामा लैजान सकिने उनीहरूको मत थियो। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने सो बैठकमा सहभागी भएनन्। याे ख’बर नागरिक दै’निकमा छ ।
प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) को लागि बोलाईएको छ । तर, कांग्रेस सांसदहरुले प्रधानमन्त्री एवम् संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष भोलिको संसद् बैठक बस्ने या नबस्नेबारे निधो गर्न भनेपछि सभामुखलाई फोन गरेर भोलिको बैठक सुचारु गर्न भनेका छन्।
आज कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकको बीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको जनाईएको छ । उता, कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले भोलिको बैठकमा एमसीसी टेबुल हुने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद कोइरालालले जानकारी दिए ।
‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सु’झाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमे’रिकी से’ना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए ।
उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने स’म्भावना बढी रहेको छ । ‘स’म्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने स’म्भावना बढी छ’, नेता कोइरालाले भने ।