शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ निर्वाचन आयोगले (नेकपा) एमाले र (नेकपा) माओवादी केन्द्रलाई पुन: पार्टी एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

शुक्रबार एक बिज्ञप्ति जारी गर्दै पार्टी एकीकरण गर्ने भए १५ दिन भित्र कानुनमा नबाझिने गरी दुवै पार्टीले नयाँ दल दर्ता गर्न निवेदन दिन आग्रह गरेको छ ।

निर्वाचन आयोगमा शुक्रबार बसेको बैठकले (नेकपा) एमाले र (नेकपा) माओवादी केन्द्रबीच ३ बर्ष अघि एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले बदुर गरेपछि पुन: एकी करण गर्नका लागि ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३’ र ‘राजनीतिक दल सम्बन्धी नियमावली २०७४’ अनुसार निवेदन दिन आग्रह गरेको छ।

बिज्ञप्तिमा दुवै दलले आ फ्नो केन्द्रीय कमिटीबाट दल एकीकरण गर्ने निर्णय गरि निर्णय सहित एकीकरण पछि दलको नयाँ नाम चिन्हका साथै निवेदन लिएर निर्वाचन आयोगमा उपस्थित हुन आग्रह गरिएको छ ।

बिज्ञप्तीको बुँदा ६ मा पार्टी एकताका लागि भनिएको छ , ‘आयोगको मिति २०७५।०२।२३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी– लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदालतको मिति २०७७।११।२३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बिपरित नहुने गरी दुवै दलले आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने।’ हे’र्नुहोस् विज्ञप्तिको पुर्णपाठ:-

४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया