
काठमाडौं / नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा घेराऊ गरी प्रदर्शन गरेका छन् । संघको महाधिवेशनको मा’ग गर्दै उनीहरुले पार्टी कार्यालय घेराऊ र प्रद’र्शन गरेका हुन् ।
म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको मा’ग छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरुलाई उनीहरुले संघलाई अन्यौ’लमा नरा’ख्न आ’ग्रह गरेका छन् ।
नेविसंघका विद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई नि’ष्कृय नबनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चीत गर्न द’वाव आवश्यक रहेको उनको भनाइ छ ।
सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए । लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।