मंगलबार ०९ आश्विन २०८०

काठमाडौं/ निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) र सन्ध्या तिवारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को नाम फेर्न भनेको छ ।

आयोगले आज मंगलबार विज्ञप्ती निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह र नेकपा एमालेको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेश गर्न भनेको हो ।

जारी विज्ञप्तीमा दल दर्ता नम्बर १६० मा दर्ता गरिएको सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ । तर, दल दर्ता नम्बर १५३ मा दर्ता भएको गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रको हकमा भने नयाँ नाम र चिन्ह दुवै सुधार गर्न भनिएको छ ।

केही दिन अगाडि मात्रै सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन् ।

सोही कारण निर्वाचन आयोगले यसअघि दर्ता भएका किराँती नेतृत्वको नेकपा माओबादी केन्द्र र तिवारी नेतृत्वको नेकपा एमालेको नाम सुधार गर्न भनेको हो । (news24 nepal बाट)

५२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया