बिहिबार ०६ माघ २०७८

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।

पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा एमालेसँग आवश्यकताअनुसार वार्ता गर्नेबारे छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । श्रेष्ठका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे कुनै निर्णय भएको छैन ।

४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया