सोमबार २० मंसिर २०७८

बुटवल/ सेतो सर्ट, कालो पाईन्ट र पुराना जुत्ता लगाएर वरिपरि आफ्नै जनसेनाहरुका विशेष सुरक्षाका साथ विप्लव झण्डै २ वर्षपछि आफ्नै गाउँ शिवगढीको एक विद्यालयको प्रांगण पुगे । उनी पुग्दा त्यहाँका स्थानीयहरु विप्लवलाई हेर्न बडो चासेका साथ आएका थिए । एकातिर देशको राजनीतिक भविष्य र त्यसमाथि विप्लवको भूमिकाका विषयमा सुन्न त्यहाँ मानिसहरु भरिएका थिए ।

अरुबेला प्रहरी प्रशासन आईहाल्छ कि भनेर कडा सुरक्षाको बीच हुने कार्यक्रम यसपटक भने सशस्त्र प्रहरी बलदेखि नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरुको समुपस्थितिमा कार्यक्रम हुँदै थियो ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रा’न्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने बताए । उनले उक्त सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यायको लागि संघ’र्ष गर्न तयार हुने र संघ’र्षको सबैभन्दा ठूलो हति’यार आन्दोलन भएको बताए ।

विप्लव जब हँसिलो मुद्रामा मञ्चमा उक्लिए, उनका समर्थक र कार्यकर्ताहरुको ताली र उत्साहाजनक स्वागत सुर भयाे । गत २०७५ साल फागुन २९ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रति’बन्ध लगाएपछि गत २१ गतेमात्रै सो पार्टीमाथि लगाएको प्रति’बन्ध खुलेपछि विप्लवको यो पहिलो सार्वजनिक कार्यक्रम थियो । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रममा पुगेका विप्लवले महिलाका मुद्दादेखि राज्यसत्ता हुँदै जनमत संग्रहसम्मका कुरा गर्न भ्याए । राज्यले महिलालाई समान अवसर र अधिकार दिन नसेकेको बताउँदै उनले महिलाहरुको अधिकार रक्षाको लागी संघ’र्ष गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

‘हामीलाई मन्त्री चाहिएको छैन’

सुरुमै सुरक्षाकर्मीहरुतिर फर्कंदै उनले भने, ‘२ वर्षसम्मको प्रति’बन्धमा पनि हामीले यहाँहरुलाई केही गरेनौं, बरु यहाँहरुले नै राज्यको आदेश पालना गर्नुभयो । त्यसैले हेर्नुस्, यो सेना वा पुलिससँगको ल’डाई होईन । यो राज्यसत्ता र व्यवस्थावि’रुद्धको ल’डाई हो ।’

विप्लवले हति’यारको कुरा सम्झँदै भने, ‘हति’यार न हिँजो रहेका र न अहिले रहेको छ । आवश्यक परे सबै चिज हतियार बन्छ, कलमदेखि भान्साका च’क्कुहरुसम्म हाम्रा हति’यार हुन् ।’ उनले आफूहरुसँग विचारको हति’यार रहेको बताउँदै कसैले द’मन गर्न खोजे हाम्रा कला, नाँच, कथा, कविता, कलम सबै लिएर ल’ड्ने बताए । ‘ब’न्दुक लिएर कोही ल’ड्न आए ब’न्दुक नै लिएर ल’ड्छौँ, ढुक्क हुनुस्,’ उनले थपे ।

पछिल्लो ३ बुँदे सम्झौता र वार्ताको विषयलाई जोड्दै नेकपा महासचिव चन्दले सरकारले हा’रेको पनि होईन तर प्रति’बन्ध लगाएर गल्ती गरेको महसुस चाहीँ गरेको हो भन्दै सरकारले गरेको आह्वानको सराहना गरेका थिए । आफूहरुको एउटै सपना देशलाई स्वाधीन बनाउने रहेको भन्दै विप्लवले भने, ‘स्वाधीनता र राष्ट्रियताको रक्षा गर्ने पार्टीलाई प्रति’बन्ध गर्नु आफैंमा एउटा गल्ती थियो । त्यो कुरा सच्चिएको मा खुसी नै छौं भन्दै तर बाहिर भ्रम भएजस्तो सरकारमा गईहाल्ने, मन्त्री बन्ने भन्ने होईन । हामीलाई मन्त्री चाहिएको छैन । हामीलाई स’हिद, घा’ईते र आममान्छेका सपनाहरु कसरी पूरा गर्ने भन्ने चिन्ता हो ।’

‘१९ अर्बकाे हिसाब चाहिन्छ’

सहमतिपछि पनि सरकारले नेकपाका राजनैतिक ब’न्दीहरुलाई छोड्न विलम्ब गरेकोप्रति असन्तुष्ट व्यक्त गर्दै महासचिव विप्लवले संसदीय व्यवस्था मेसिन नै खराब रहेको कारण यसबाट उत्पादन हुने सबै सामग्री खराब निस्कने समेत टिप्पणी गरे । उनले प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै ज’नयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले ग’लत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितिमा सं’कट देखिएको बताए । साथै जनताको मत पाएर जनताको छा’तीमा टेकेर हिँड्नेहरूले कहिल्यै जनताको समस्या समा’धान नगर्ने बताए । उनले तत्कालिन समयमा जनसे’नाको नाममा १९ अर्ब भष्टा’चार भएको विषयमा प्रचण्डहरुको नाम आईरहेको भन्दै उचित समयमा जनताले हिसाब माग्ने समेत बताए ।

उनले भने ‘हामीले भ्रष्टा’चारको, अन्याय–अत्या’चारको, बला’त्कारको, महंगीको, देशमा भैइरहेको तमाम समस्याहरूको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रति’बन्ध लगायो । हाम्रो ल’डाई कुनै प्रहरी, सेना, सश’स्त्रसँग थिएन, राज्यस’त्तासँग थियो र फेरि आवश्यक परे यो दलाल राज्यसत्ताको वि’रुद्ध ब’न्दुक लिएर पनि हिँड्न तयार छौं। जनतालाई दुख दिने हाम्रो एक इन्च पनि मनाशय छैन । हाम्रो मु’द्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको पक्षमा थियो । राज्यले लगाएको प्रति’बन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दम’न गर्नु गलत थियो, त्यसको हामी प्रति’कार गर्यौ र गर्छौ ।

व्यवस्थाको मु’द्दा लिएर जनमत संग्रह

विप्लवले ३ बुँदे सहमतिमा टेकेर सबै राजनीतिक दलहरुलाई वार्ताको टेबुलमा आह्वान गर्न अनुरोध गर्दै उनले जनताले लामो समयदेखी व्यक्ती र दललाई भोट हालेको भन्दै एकपटक व्यवस्थाको मु’द्दा लिएर जनमत संग्रहमा जानुपर्ने विषयसमेत उठाए । विप्लवले वैज्ञानिक समाजवाद कि पूँजीवाद व्यवस्थाको विषयलाई लिएर एउटा जनमत संग्रहमा जानुपर्छ, बाकीँ जनतासँग हामी कुरा गर्न तयार छौं उनले भने ।

यस्तै कार्यक्रममा २ दिन अगाडिमात्रै रिहा हुनुभएका नेकपामा केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले महिलाहरुलाई समान सम्पत्तिको अधिकार उपलब्ध गराउनुपर्नेमा जोड दिए, वास्तोलाले शान्तिपूर्ण माध्यमबाट जनताको समस्याको बारेमा माग राख्ने र नसकेमा सत्ता छोडेर जान चेतावनी दिदैं सत्ता आफूहरुले चलाउन तयार रहेको बताए । हरेक नागरिकलाई समृद्ध बनाउने योजना आफूहरुको पार्टीमा रहेको बताउँदै, नागरिकको हक र अधिकारको लागी बलिदान दिनुपरेमा पनि पछि नहट्ने स्पष्ट पार्दै सहमतिपछि सडकबाट पूनः आन्दो’लन र जनताको मागसँग सगैं रहने बास्तोलले बताए ।

कार्यक्रममा स’हिद तथा बेप’त्ता परिवारजनको तर्फबाट खुमा सुवेदी, पूर्व सभासद् सरला रेग्मी, दलित मुक्ती मोर्चाको तर्फबाट सिता विक, अखिल (क्रा’न्तिकारी)का केन्द्रिय कोषाध्यक्ष सन्तोषी भट्टराई, युवा संगठन नेपालका केन्द्रीय सदस्य विश्लेषण थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अखिल नेपाल महिला संघ क्रान्तिका’रीका संयोजक बन्धु चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला नेतृ धिरेन्द्रा उपाध्याय भृकुटीले गरेकी थिइन् ।

कार्यक्रममा सामना सास्कृतिक परिवार एवं क्षितीज सांस्कृतिक परिवारले विभिन्न जनवादी गित तथा नाँचहरु प्रस्तुत गरेका थिए, २ दिनसम्म चल्ने सो कार्यक्रमले महिला संगठनमा नयाँ नेतृत्व समेत प्रदान गर्नेछ ।

४१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया