
काठमाडौं/ यसपालीको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको छलफलले यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको हो ।
गतबर्ष कोरोना महामारीका कारण विद्यालयहरुले आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरिएको थियो ।
यसबर्ष भने केही महिना पछाडि भएपनि विद्यार्थीको भौतिक उपस्थितीमै एसईई परीक्षा हुने भएको हो ।
त्यस्तैगरी कक्षा १२ को परीक्षा पनि जेठ २६ गतेबाट लिने बोर्डले निर्णय गरेको छ ।