बुधबार २४ जेठ २०८०

काठमाडौं, माघ २० / देशको जनसंख्याभन्दा धेरै बैंक खाता संख्या देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । तर, बैंक तथा वित्तीय संस्थामा खाता खोल्नेको संख्या भने ३ करोड ९४ लाख १२ हजार देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कुल खातामध्ये तीन करोड ७० लाख हाराहारी निक्षेप र बाँकी कर्जा खाता हुन् । यी खाता बैंक तथा वित्तीय संस्थाका करिब ११ हजार शाखामार्फत खोलिएका हुन् । एक व्यक्तिले दुईभन्दा बढी खाता खोल्दा खाताको संख्या बढी देखिए पनि अझै कैयौं नागरिकले बैंक खाता खोल्न बाँकी रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

यो पनि : चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने :- चितवन / चितवनका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।

आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३-३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।-रासस

५५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया