
रुपन्देही/ रूपन्देहीमा भाइसँग मिलेर दाजुले श्रीमतीको ज्या’न लि एको खुलेको छ। ऋण मिनाहासहित बिमा रकम पाउने लोभमा देवर र आफ्नै श्रीमानले श्रीमतीको ज्या’न लि एका हुन्। त्यसपछि उनीहरूले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आईतबार पत्रकार सम्मेलन गरी उक्त घट’नाबारे सार्वजनिक गरेको हो।
गत फागुन १५ गते राति करिब साढे १० बजे ईलाका प्रहरी कार्यालय लुम्बिनीको गस्ती टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर १ पतिजियामा एक महिलालाई गम्भीर घाइते अवस्थामा उद्दार गरी भैरहवास्थित भिम अस्प’ताल पुर्याए पनि चिकित्सकले मृ’त्यु भईसकेको घोषणा गरेका थिए।
उनी थिईन्- सम्मरीमाई गाउँपालिका-५ बस्ने ३२ वर्षिया कुशुम लोध। घाई’तेसँगै रहेका कुशुमका श्रीमान् शैलेश कुमार लोधले लु २ च १५१७ नम्बरको पिकअफ गाडीमा सवार ४ जनाले पटक पटक गाडी ब्याक गरेर उनलाई मा’रेको र आफ्नो कञ्च’टमा पे’स्तोल ते’र्साई मृ’तकको मंग’लसुत्र लगेको प्रहरीसामू प्रारम्भिक बयान दिएका थिए।
प्रहरीले मृ’तकका श्रीमान् लोधको किटानी जाहेरीको आधारमा उक्त गाडी र त्यसमा उल्लेख गरिएका ब्यक्तिलाई प’क्राउ गरी सोधपुछ गर्यो। प्रहरीले उनीहरूलाई सोधपुछ गर्दा नै निर्दो’षजस्तो देखेपछि शैलेशतर्फ अनुसन्धान बढायो।
प्रहरीले उनको परिवारमाथि निगरानी बढाउँदै गयो, सोही क्रममा शैलेशले प्रयोग गर्ने भारतीय नम्बर प्लेटको गाडीमा रग’तका दा’ग, रौं देखिएका थिए भने गाडीमा झिं गा भन्कि’एको थियो। पहिलेदेखि नै शं’कामा रहेका शैलेशलाई नियन्त्र’णमा लिएर प्रहरीले सोधपुछ गर्दा उनले श्रीम’तीको ज्या’न लि एको स्वीकार गरे।
शैलेश बिमा एजेण्ट समेत हुन्। उनले श्रीमतीको नाममा भारत र नेपालबाट गरी करिब ४० लाखको विमा गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोही विमा रकम पाउने लोभ र श्रीमतीको नाममा बैंकमा रहेको ऋण फिर्ता हुने लोभमा योज’नाबद्ध रूपमा आफ्नै कारले किचेर ज्या’न लि एको प्रहरी अनुसन्धानबाट खुलेको छ।