
काठमाडौं / को’भिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रो’क माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ।
सीसीएमसीको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ। यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था ब’न्द गर्ने निर्णय भएको थियो।
को’भिड संक्र’मणको जो’खिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रो’क थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो।
यो पनि : माघ मसान्तसम्म शैक्षिक संस्था सञ्चालन गर्न नपा’इने
कास्की / यसैबीच कास्की जिल्लामा आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपा’इने भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शुक्रबार जारी गरेका आ’देशमा जिल्लामा को’रोना सङ्क्र’मण दर ५० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्था भौ’तिक उपस्थितिमा सञ्चालन गर्न नपा’इने भनिएको छ ।
त्यस्तै सिनेमा हल, डान्स बार, दोहोरीलगायत मानिस भी’डभाड हुने सबै कार्यक्रम सञ्चालनमा रो’क लगाइएको छ । सबै प्रकारका आमसभा, जुलु’समा पनि प्रशासनले रो’क लगाएको छ ।