आइतबार २१ जेठ २०८०

काठमाडौं / नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो से’वनका कारण स्वास्थ्यमा जटि’लता आएको बताएका छन् ।

माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता पुनले एक टिभी कार्यक्रममा बोल्दै जडिबुटी से’वन नग’र्नु भनेको अवस्थामा गुर्जो खाँदा थप ज’टिल बनेको बताएका हुन् ।

‘डाक्टरहरुले हर्बल तथा जडिबुटी नखानु भन्नुभएको थियो । तर पछिल्लो समय को’रोनाको पहिलो-दोस्रो लहरमा साथीभाइ सबैले गुर्जो दिए अनि टुक्रा राखेर ग्रीन टी जसरी खाइयो,’ उनले भनेका छन्, ‘५\६ महिना त्यसरी खाएको त्यसले लि’भरमा ‘टकसिक’को रुपमा असर गरेको पाइयो।’

उनले गुर्जोका कारण आफूलाई सम’स्या थप गरेको र साथीहरुको पनि गुर्जोले लि’भरमा सम’स्या पारेको सुनाएकाले पुष्टि भएको बताएका छन् । नेता पुनलाई सन १९८९ तिर ज’न्डिस देखिएको थियो । त्यसबेलादेखि नै उनले जन्डि’सको उप’चार गराउँदै आएका थिए ।

वि.सं. २०५२ तिर जाँच गर्दा वंशानुगत जन्डिस भएको पत्तो लागेको उनको भनाइ छ । त्यसअघि परिवारमा कसलाइ उक्त सम’स्या थियो भन्ने चाहिँ थाहा नभएको उनको भनाइ छ । पछि सामान्य उप’चार गराउँदा निको हुँदै आएकामा योपटक भने बढी नै सि’किस्त भएको उनले बताए ।

‘पहिले सामान्य उ’पचार गर्ने ठीक हुने हुँदै आएको थियो । कहिलेकाहीँ सामान्य बढ्ने घट्ने गर्दा आँखा, छाला, पहेँलो हुने गर्दथ्यो,’ उनले भने, ‘२०५९ त्यसपछि २०७३ सालमा नेपाल भारतका साथै बैंककमा उपचार गर्दा राम्रो भएको थियो । तर अहिले ग’म्भीर भएँ । बैंककमा पनि निको भएन । चीनमा मात्रै निको भएँ ।’

उनले २०७३ सालमा बैंककमा उप’चार गराएको बेला हर्बल तथा जडिवुटी औषधि खाएको बताएका थिए, तर त्यो नखा’न भनी चिकित्सकले सुझाव दिएको उनको भनाइ छ । त्यो रो’केपछि आँफै ज’न्डिस क’न्ट्रोल भएको उनले बताए ।

नेता पुनले भने, ‘हर्बल तथा जडिबुटी औषधि खाएको थिएँ । तर त्यो बेला चिकित्सकहरुले नखा’नु भन्नुभएको थियो । विस्तारै त्यसलाई पनि क्लियर गरेको थिएँ। त्यो सँगै ठिक पनि भएको थियो।’

नेता पुनको बैंककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । उनमा वंशानुगत जन्डिस (पहेँले) भएको चिकित्सकहरुको निष्कर्ष छ ।

६४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया