शुक्रबार १९ जेठ २०८०

आज श्री शाके १९४३ बि.स.२०७८ साल माघ १३ गते बिहिबार इश्वी सन २०२२ जनवरी २७ तारीख माघ कृष्ण पक्ष दशमी तिथी अनुराधा नक्षत्र बृद्धि योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग रा’क्ष स नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ।

मेष : बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि अस’न्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ ।

वृष : समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी स’मस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

मिथुन : खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बि’ग्रन तथा ज’रिवाना हुन सक्छ । तापनि लामो दुरिको विदेश यात्राको प्रशस्त स’म्भावना रहेकोछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नोकरी पाउने योग रहेकोछ ।

कर्कट : आम्दानीका बिभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार सुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

सिंह : धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय गर्न सकिनेछ । पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुने तथा खोजीमुलक क्षेत्रमा समय व्यातित गर्न सकिनेछ । माया प्रेममा आफ्नो मानिससँग दिनभर भलाकुसारि गर्न पाउदा मन प्रशन्न हुनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् ।

कन्या : कार्यक्षेत्रमा केही कमी कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त स’म्भावना रहेकोछ । पढाइ लेखाइमा आफ्नै कम’जोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढि’ला सुस्तिको कारणले अन्य काम प्रभा’वित हुनेछन् । व्यापारमा मन्दी आउनेछ ।

तुला : बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरु बाहिर आउने तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धो’का तथा म’नमुटाब सिर्जना हुने योग रहेकोछ ।

वृश्चिक : बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु : अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । वि’वाद,प्रति’स्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

मकर : समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहनेछ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला । अध्ययनमा बाधा हुने तथा अरुका लागी समय खर्चनु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

कुम्भ : बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यावसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर का गर्नेहरुका लागी समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेकोछ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

मीन : खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ ।

३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया