
काठमाडौं / को’रोना संक्र’मण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने नि’र्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।
माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् । देशभर को’रोना सं’क्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्र’मण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने द’बावमा थियो ।
त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यो पनि, भोलिदेखि मौसममा सुधार हुने
काठमाडौँ, ६ माघ (रासस)/ पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको स’म्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताउनुभयो । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उहाँले भन्नुभयो ।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको स’म्भावना रहेको बताइएको छ ।
विभागले आगामी २४ घण्टाको लागि चेता’वनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भा’वना रहेको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभा’वबाट जो’गिन आवश्यक सुरक्षा तथा सत’र्कता अपनाउन अनु’रोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।