बुधबार २४ जेठ २०८०

प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सवै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मदत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । टिमुर स्वादका लागि मात्र नभइ ओखतीको रुपमा समेत काम गर्छ ।

टिमुर के हो ? नेपालको महाभारत पर्बत शृंखलाको १२०० देखि २५०० मिटर सम्मको उचाईमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोट भरीनै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन्। टिमुरको डाँठको दुबैतिर स-साना दुई देखि छ जोडी सम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।

टिमुरको फल स-साना, राता, चार देखि पाँच मिलीमिटर ब्यासका हुन्छन। फलको स्वाद तितो, पिरो, हुनुका साथै जिब्रो पर्पराउने हुन्छ । यी फलहरुबाट वास्ना पनि आउँछ। काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकीसकेपछि रा’तो रङ्गमा परिणत हुन्छ । धेरै पाकेमा फल आफै फुट्दछ र फल भित्रको का’लो रङ्गको बियाँ बाहिर निस्किन्छ।

नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ। विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फा’ल्न, पेटको बि’कार फाल्न, जैबिक बि’षादि बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ। यसको फल, रुखको बोक्रा, फूललगाय सवै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

औषधीय गुणहरु: आयुर्वेदिक प्रणाली अनुसार दाँत दु’खेको, पेटको बि’कार, ज्वरो, है’जा हटा’उन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ । टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उ’र्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दु’ख्दा, पेट दु’ख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून र’क्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्या उने गर्छ ।

गाउँ घरमा अझै पनि हात खुट्टा म’र्किएमा टाउको दु’खेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुरको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ । कम भोक लाग्ने स’मस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भो’क ज’गाउने काम गर्छ । टिमुरले क्या’न्सरको स’म्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न कि’रा तथा जुकाहरुलाई मा’र्नको लागि पनि सहयोग पुर्याउँछ ।

कसरी प्रयोग गर्ने ? १. पेट सम्बन्धी रो’गमा: यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधी हो । यसले मन्दाग्नि, अपच, आऊ र यस्तै सम’स्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधीको काम गर्दछ । पेटमा हुने क्रिमि (कि’रा) को संक्र’मणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ । टिमुरले से’वनले यकृत (लिभर) बलियो हुने र जठराग्नि पाचनक्रियामा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने स’मस्या) ठिक हुने गर्छ । यसको से’वन मिश्री काँढासँग र बेलको शर्वतसँग से’वन गर्न उत्तम हुने आयुर्वेदमा उल्लेख गरिएको छ ।

२. है’जामा टिमुरको प्रयोग: है’जाको संक्र’मण चलेको समयमा यो निकै उपयोगी मानिन्छ । कथंकदाचित है’जाको विमा’रीको उपचारको लागि अस्पताल तथा चिकि’त्सकको व्यवस्था मिल्न गा’ह्रो भए यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको रस वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बि’मारीको उमेरलाई हेरी मात्रा मिलाएर से’वन गराउँदा लाभ हुन्छ ।

३. ज्वरो र कफमा: ज्वरो एवम् कफको वि’मारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस से’वन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निका’ल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको सम’स्याबाट मु’क्ति दिलाउँछ ।

४. गलाको शोथमा: टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँ’ध्नाले गलाको सूजन हट्दछ ।

५. घा’ऊमा: टिमुरको सेव’नले घा’ऊ ख’टिरामा पनि फाइदा पुर्याउने गर्छ । टिमुरको फल खुवाउने, यसको चूर्णलाई घा’ऊमा छर्कने र यसको बोक्रा (जराको बोक्रा) को रसले घा’ऊ धुनाले निकै लाभ हुन्छ ।

६. गठिया वाथमा: जडिबुटी शास्त्रका अनुसार गठिया वाथमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले निकै फाइदा पु¥याउने गर्छ ।

७. दाँतको लागि: यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पी’डा ह’ट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ ।

८. अन्य स्वास्थ्य सम’स्यामा: मन–मस्ति’ष्क, पा’गलपन, र’ग त सँग सम्बन्धित सम’स्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । वाथ, अ’र्बुद, उदर’रोग, आँखा, कान र ओंठको रो’ग, शिरको बो’झ, दम, पिसाब’सम्बन्धी रो’ग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ ।
मात्रा: सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ । सका’रात्मक सोच बा’ट ।

५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया